बर्दिया, चैत २४ (फरकसमाचार)
नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र धितालले पत्रकारको नेतृत्व लिने सहकर्मी सक्षम सवल र सफल हुनु पर्ने बताएका छन् । आवाज बिहिनको आवाज बन्ने पेशामा आबद्ध भएका नेतृत्व चुन्ने कुरामा यस्ता कुरा प्रमुख प्राथामिकता राख्न पर्ने उनको भनाई छ । २५ गते तोकिएको आसन्न निर्वाचनमा पत्रकार होमिएका बेला ईमान्दारीता र कर्तव्यनिष्ठ पत्रकारले मात्र जिम्मेवारी र भुमिका निर्वाह गर्न सक्ने कुरामा उनले जोड दिए । २५ गते जिल्ला देखि केन्द्रको पत्रकार महासंघको नेतृत्व चुन्नका लागि मिति तोकिएको छ ।
पत्रकारको नेतृत्वले राजनितिक दलको एजेण्डालाई समेत दिशा निर्देशन गर्न सक्नु पर्ने उनले धारणा राखे । दुई कार्यकाल महासंघको नेतृत्व सम्हालेका धितालले साक्षात्कारको क्रममा पत्रकारको मात्र हकहित संरक्षण गर्ने जिम्मेवारी नभएर निति निर्माण तहमा फेरबदल गर्न सक्ने नेतृत्व महासंघमा आवश्यक्ता रहेको धितालले औल्याए ।
श्रमजिवि पत्रकारको पारिश्रमिक, सामाजिक सुरक्षा र भौतिक सुरक्षा नहुदा पत्रकार निरिह बनिरहेको अवस्था दुःख दायी भएको उनले टिप्पणी गरे । पत्रकारले अभाव दवाब र प्रभावबाट मुक्त रहेर केन्द्र अथवा मोफसलमा उत्कृष्ट पत्रिका निकाल्न नसकिरहेको र पत्रकार बृद्धि विकासमा कमि रहेको उनले खुलाए । ‘पत्रकार सधै अरुको घाउँमा मल्हम लगाउँछन्’उनी भन्छन्‘नागरिक सुरक्षा र संरक्षणका लागि कलम चलाउँने पत्रकार नै आफ्नो लागि कलम चलाउँन सक्दैनन्, यस्ता बिडम्बना प्रशस्तै छन् ।’
यस्ता समस्यालाई चिर्दै पत्रकारको हक हित संरक्षण गर्न सक्न खुबी भएको सफल पत्रकारले महासंघको नेतृत्व लिन पर्ने उनले बताए । ‘महासंघको नेतृत्व धेरै लाई लिन मन लाग्छ’उनले भने,‘लोभिपापीले नेतृत्व लिएमा रिजल्ट दुर्भाग्य पूर्ण हुन्छ ।’राजनितिक नेताको गुलामी गरेर महासंघको टिकट माग्ने प्रबृति अन्त्य हुनु पर्ने समाजमा असल कहिलिएको व्यत्तित्को नेतृत्व पदाधिकारी चयन हुदा जिल्लाको विकासमा टेवा पुग्ने उनी बताउँछन् । ‘आय राम गय राम होइन’ उनि भन्छन्‘महासंघको नेतृत्वले जिल्लामा हुने विकास र आर्थिक क्षेत्रमा हुने विकासको सम्बाहक बन्न सक्ुन पर्छ ।’
समाजिक बिकृति, सामाजिक जागरण, समाजमा हुने प्रशासनिक र राजनितिक रुपमा अन्यायमा परेका वकालत गर्न सक्ने नेतृत्व गर्ने सक्षम नेतृत्वबाट आशा गर्न सकिने उनले बताए । महासंघको नेतृत्व सहि आएमा राजनितिक तह तप्कालाई सहि बाटोमा डोराउँन सक्ने उनले बताए । पत्रकारको नेतृतव लिने व्यक्ति अनिमियतता विरुद्धमा खरो रुपमा उत्रने सक्ने व्यक्ति महासंघको नेतृत्वले पाउँन पर्ने उनले बताए ।