करणी मुद्दाको फरार प्रतिवादी सात वर्षमा पक्राउ
बुधबार, चैत २५, २०७७ मा प्रकाशित

बर्दिया, चैत २५ (फरकसमाचार)
जबरजस्ति करणी मुद्दाका फरार सुनार सात वर्षमा पक्राउ परेका छन् । परिवर्तित नाम थर संकेत नम्बर १ को जाहेरीले सुनार जबरजस्ति करणी मुद्दामा जिल्ला अदालतले ०७० साल फागुन ३ गते ६ महिना कैद सजाय तोकेको थियो ।

अदालतले सजाय सुनाएको मिति देखि सुनार फरार रहेका थिए ।

आज ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले बारबर्दिया नगरपालिका–१ जमुनिया बस्ने २१ वर्षिय करण सुनारलाई पक्राउ गरेको छ ।

सुनार आफ्नै घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । सुनारलाई प्रहरीले पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नयाब उपरीक्षक हेम बहादुर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर