बर्दिया, चैत २७ (फरकसमाचार) / सामुदायिक वनमा प्रहरीले भरुवा बन्दुक बिहिबार फेला पारेको छ ।
मधुवन नगरपालिका–८ श्री गणेश सामुदायिक वन उपभोक्ता समितीको जंगलमा बेवारिसे अवस्थामा लोड गरी राखेको बन्दुक प्रहरीले फेला पारेको हो । प्रहरीका अनुसार भरुवा बन्दुक १ थान, बन्दुकमा लाग्ने छर्रा, गोली र बारुद फेला परेको हो ।
सामुदायिक वनका चौकीदारले बन्दुक राखिएको प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय सानोश्रीबाट प्रहरी नायव निरीक्षक प्रदिप कार्कीको कमाण्डमा ४ जनाको प्रहरी टोली खटि बरामदी मुचुल्का गराई बन्दुक प्रहरी कार्यालयमा ल्याईएको छ । सो सामुदायिक वनमा बन्दुक कसले राखेको खुलेको छैन ।
प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।