शुक्रबार, चैत २७, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत २७(फरकसमाचार) सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ ।
६४ वर्षिय छबिलाल कुर्मीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
कुर्मीलाई प्रहरीले राजापुर नगरपालिका– ५ बदालपुर उनकै घरबाट पक्राउ गरेको हो ।
०६८ साल फागुन १ गते बाँके जिल्ला अदालतले कुर्मीलाई ११ दिनको कैद सजाय तोकेको थियो । सजाय तोकेको दिन देखि कुर्मी फरार रहेका थिए । उनी आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुर्मीलाई प्रहरीले शुक्रबार जिल्ला अदालतमा पेश गरेको हो ।