बाँकेमा एक थान कटुवा पेस्तोलसहित ३ जना पक्राउ
शनिबार, चैत २८, २०७७ मा प्रकाशित

दाङ, चैत्र २८ / बाँकेमा प्रहरीले एक थान कटुवा पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा भारत बहराइज जिल्ला बाबागन्जका २० वर्षीय  महता प्रसाद खटिक, सोही ठाउँका  ५५ वर्षीय नकछेद पाछी र बाँकेको कोहलपुर नगरपालिका १४ बस्ने ३२ वर्षीय  सुरज लामिछाने रहेका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

शुक्रबार साँझ करिब साढे ७ बजेतिर बाँकेको कोहलपुर नगरपालिका–१० हाईस्कुल चोकबाट उनीहरुलाई पेस्तोल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ। शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरुलाई चेक जाँच गर्ने क्रममा कम्मरमा लुकाइ राखेको कटुवा पेस्तोल र (बिएमएमकेफ) लेखिएको लाइभ राउण्ड बुलेट १ थान फेला पारेको जिप्रका बाँकेले जनाएको छ।

उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।थाहाखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर