जरायोको मासु, काठ र अबैध सामान पक्राउ
शनिबार, चैत २८, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, चैत २८ / सशस्त्र प्रहरीले जरायोको मासु, काठ र अवैध सामान शुक्रबार पक्राउ गरेको छ ।

बिओपी भगरैयाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मगरु चौधरीको कमाण्डमा खटिएको टोलीले मधुवन नगरपालिका–३ धनौराबाट २० किलोग्राम जंगली जनवार जरायोको मासु फेला पारेको हो । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको मासु डियुटीमा रहेका सशस्त्र प्रहरीलाई देखेर मासु छोडेर व्यक्ति भागेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले जरायोको मासु बरामद गरी खाता सब डिभिजन वन कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।

त्यसैगरी शुक्रबार विभिन्न नाकाहरुबाट सशस्त्र प्रहरीले अवैध सामान पक्राउ गरेको छ । भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा सुर्तिजन्य पदार्थ, चिनी, काठ, र ईलेक्ट्रोनिक सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीका अनुसार मुल्य रु ६९ हजार २ सय ८५ बराबरको अवैध सामान पक्राउ परेको हो । पक्राउ परेको अवैध सामान सम्बन्धि कार्यालयमा बुझाएको उपरीक्षक रावतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर