चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
आइतबार, चैत २९, २०७७ मा प्रकाशित

बर्दिया, चैत २९ (फरकसमाचार) / चोरी मुद्दाका फरार रहेका प्रतिवादीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । गत १४ गते राजेन्द्र गन्धर्बको जाहेरीले प्रतिवादी फरार रहेका थिए ।

बाँसगढी नगरपालिका–५ पानीटंकी बस्ने १७ वर्षिय बिपिन रानालाई प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्याल मोतिपुरबाट खटिएकोे प्रहरी टोलीले खोजतलास गर्ने क्रममा राना पक्राउ परेका हुन ।

राना आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले रानालाई नियन्त्रणमा लिई सोही मुद्दामा थप अनुसन्धान कार्य अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर