आइतबार, चैत २९, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत २९(फरकसमाचार) / दोस्रो जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा जिल्ला प्रहरी कार्यालयको टिम प्रथम भएको छ । दोस्रो जिल्ला स्तरीय तथा प्रथम बारबर्दिया मेयरकप ब्याडमिन्टन प्रतियोगिता शुक्रबार देखि शनिबारसम्म भएको हो ।
बारबर्दिया नगरपालिका र ब्याडमिन्टन संघ गुलरियाको संयुक्त आयोजनामा संचालन भएको थियो । उक्त प्रतियोगितामा ३७ टिम सहभागि रहेका थिए । प्रतियोगितामा प्रथम भएको जिप्रकाको टिमलाई प्रमाणपत्र र ट्रफि हस्तान्तरण गरिएको छ ।