हात्तीको आक्रमणबाट महिलाको मृत्यु
आइतबार, चैत २९, २०७७ मा प्रकाशित

बर्दिया, चैत २९ (फस)
हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका–१ भटेरा बस्ने ६० वर्षिय भुन्टी बोहराको मृत्यु भएको हो । बगुवा सामुदायिक जंगलको किनारमा बाख्रा चराउन गएको बेला तीन बजेको समयमा हात्तीले आक्रमण गरेको हो ।

महिलालाई हात्तीले आक्रमण गरी जंगलमा लगी मारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर