सोमबार, चैत ३०, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत ३० (फरकसमाचार) / बन्यजन्तु चोरी निकासी मुद्दाका फरार रहेका चार जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बन्यजन्तु चोरी निकासी मुद्दामा जिल्ला अदालतले ०७३ साल असार ३ गते चारै जनालाई पाँच/पाँच हजार जरिवाना तोकेको थियो । जरिवाना तोकेको दिन देखि उनीहरु फरार रहेका थिए ।
बाँसगढी नगरपालिका–१ चेपाङ, आफ्नै घरमा लुकिछिपी बसीरहेको अवस्थामा चारै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ६३ वर्षिय तुल बहादुर बिक, ४७ वर्षिय कौशल्य बिक, २९ वर्षिय टेक राज थापा र ४७ वर्षिय लिल बहादुर बिक रहेका छन् ।
प्रहरीले उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताए ।