बिष्णु प्रसाद अधिकारी
बर्दिया, चैत्र ३० / बाल बिवाह मुक्त समाज निर्माणका लागि बाँके युनेस्को क्लबले विभिन्न क्रियाकलापहरु गर्दै आएको जानकारी गराएको छ । बालबिवाह हुन लागेको सुचना पाए लगत्तै सरोकारवाला निकायहरु पुग्ने गरेतापनि राजनितिक दल तथा जनप्रतिनिधिले भोट बैंक सुरक्षित राख्नका लागि रातारात जन्मदर्ता गरि उमेर २० बर्ष भएको प्रमाणित गरिदिने भएकाले कानुनी दायरामा ल्यान गाह्रो भएको सहभागिहरुले बताएका थिए । यसकारण नेपाल सरकारको लक्ष्य अनुरुप सन २०३० सम्ममा बालविवाह मुक्त नेपाल बनाउने अभियानमा ठेस पुग्ने देखिएको छ ।
बालबिवाह न्यूनिकरणका लागि गुलरिया नगरपालिकाका ७ वटा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई समेटेर अघि बढ्ेको संस्थाले जानकारी दिएको छ । बाल बिवाहको जोखिमलाई मध्यनजर राख्दै रोकथामका लागि विद्यालय स्तरमा विभिन्न किसिमका सहयोग तथा क्रियाकलाप गर्दै आईरहेको जानकारी गराएको छ ।
जस अन्तर्गत विद्यालयमा अध्ययनरत बालिकाहरुलाई मध्यनजर राख्दै महिनावारी भएकै कारण विद्यालय छाड्नु परेकोले विद्यालयमा सेनेटरी प्याडको व्यवस्थाका साथै तालिम समेत दिएको बाँके युनेस्को क्लबको फिल्ड सुपरभाईजर सपना शर्माले जानकारी दिएकी छिन् । सुपरभाइजर शर्माले गुलरियाका ४ वटा विद्यालयमा महिनावारी हुँदा हुने पिडाका लागि आराम कक्ष र पानी तथा शौचालयका लागि उचित व्यवस्थापन गरेको बताईन् । गुलरिया नगरपालिकामा रहेका माध्यमिक विद्यालयहरुका शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरुका बिच छलफल चलाई बालबिवाह रोक्न पहल गर्ने गरेको संस्थाले जनाएको छ ।
विद्यालयमा हुने संम्भावित जोखिमलाई कम गर्न विद्यालय आचार संहिता लागु गर्नुका साथै यौन दुव्र्यवहारका घटनाको विषयमा विद्यालयलाई जानकारी दिन सूचना पार्टीको व्यवस्था गरेको संस्थाले जानकारी दिएको छ ।
बालबालिका विद्यालय जानबाट बन्चित नहुनका लागि गुलरिया नगरपालिकाका ८८ जना जेहेन्दार तथा न्यून आय भएका बालकालिकाका लागि स्कुल पोशाक तथा अध्ययन सामाग्रीहरु वितरण गरेको संस्थाले जानकारी दिएको छ । नेपाल सरकारले सन् २०३० सम्ममा बालबिवाह मुक्त देश घोषणा गर्ने लक्ष्य अनुरुप यस कार्यक्रमले टेवा पु¥याएको कार्यक्रममा सहभागिहरुले बताएका थिए ।