कोरोनाबाट एक महिलाको मृत्यु
सोमबार, चैत ३०, २०७७ मा प्रकाशित

बर्दिया, चैत ३०(फरकसमाचार) / कोरोना भाइरस संक्रमणबाट सोमबार एक महिलाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ की ७५ वर्षिय महिलाको मृत्यु भएको हो । बाँकेको भेरी अस्पतालको कोभिड वार्डमा उपचारको क्रममा मृत्यु भएको हो ।

हालसम्म जिल्लामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । त्यसैगरी सोमबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

बाँसगढी नगरपालिका–२ का ६५ वर्षिय पुरुष, बढैयाताल गाउँपालिका–२ का ६५ वर्षिय पुरुष, वडा नं. ८ का ४१ वर्षिय पुरुष, बारबर्दिया नगरपालिका–१० का ४४ वर्षिय पुरुष, ठाकुरबाबा नगरपालिका–२ का ४० पुरुष र मधुवन नगरपालिका–६ का २४ वर्षिय पुरुषमा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लामा हाल २८ जनामा कोरोना भाइरस संक्रिय रहेको प्रमुख गिरीले बताए ।

देशभर थप ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ ।
यो सँगै देशभर कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर