बर्दिया, बैशाख ८ (फरकसमाचार) / नेपाली कांग्रेस पार्टी कार्यालयमा मंगलबार तालाबन्दि गरिएको छ । पछिल्लो समय केन्द्र प्रदेश हुँदै जिल्ला पुगेको क्रियासिल सदस्यता बिवाद जिल्ला स्तरमा निकै कठिन मोडमा पुगेको छ ।
केन्द्रले पुरानो सदस्यता शुल्क नविकरणका लागि प्रति सदस्यता २ सय तोकेको भएपनि बर्दिया जिल्लामा जिल्ला कार्य समिति नविकरण शुल्क प्रति सदस्यता ८ सय तोकेका कारण बर्दिया जिल्ला क्षेत्र नं १ ले नेपाली कांग्रेस पार्टी कार्यालयमा तालाबन्दि गरेको छ ।
पटक पटक शुल्क घटाउन अनुरोध गर्दा पनि शुल्क नघटाएका कारण तालाबन्दि गर्नु परेको बर्दिया क्षेत्र नं १ का सभापति मुक्तिनाथ यादवले बताए ।
यादवले कांग्रेस पार्टी कसैको ठेक्का नभएको र पार्टी गरिब जनताको पनि भएकाले तत्काल शुल्क घटाउनुको बिकल्प नरहेकाले तालाबन्दि गर्नु परेको समेत बताए । बर्दिया जिल्लामा करिव ८ हजार क्रियासिल सदस्यता रहेका छन् ।