बिहिबार, बैशाख ०९, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख ९ (फरकसमाचार)
जिल्ला प्रशासन कार्यालयमा बुधबार देखि मोबाईल चार्जर काउण्टर संचालनमा आएको छ ।
कार्यालयमा आउँने सेवाग्राहीका लागि चार्जर काउण्टर संचालनमा ल्याएको हो । नेपाल टेलिकमको सहयोगमा चार्जर काउण्टर संचालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सेवाग्राहीहरुको मोबाईलमा चार्ज सकिएमा सजिलै चार्जर काउण्टरमा चार्ज गर्न सकिने छ । यस काउण्टरमा जस्तो सुकै मोबाईलको चार्ज गर्न सकिन्छ । काउण्टरमा सबै मोबाईललाई मिल्ने चार्जरका पिन राखिएको छ ।