शुक्रबार, बैशाख १०, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, बैशाख १० (फरकसमाचार)
थप ३२ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासनले जनाएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ७ सय ७४ पुगेको छ । निको हुनेको संख्या १ हजार ५ सय ३५ पुगेको छ ।
१ सय ८२ जनामा भाइरस संक्रिय रहेको छ भने २३ जनाको कोरोना संक्रमणले मृत्यु भईसकेको छ । जिल्लामा हालसम्म १४ हजार ७ सय ९८ जनाको पिसिआर गरिएको छ । संक्रमण दिनहु बढ्दै गएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले सर्वसाधारणलाई पटक पटक आग्रह गरिरहेको छ । निस्कनै पर्ने अवस्थामा स्वास्थ्यका मापदण्डको पुर्ण रुपले पालना गरी निस्कन अनुरोध गरेको छ ।