बर्दिया, बैशाख १०(फस)
सशस्त्र प्रहरीले अवैध सामान पक्राउ गरेको छ । तस्करी र कोभिड– १९ संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारद्धारा गरिएको सिमा आवत जावत निषेधलाई पुर्णरुपमा कार्यान्वयन गरेको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।
सिमामा सशस्त्र प्रहरीको थप जनशक्ति र थप विओपि बिस्तार गरिएको छ । सिमामा हुने अपराधिक गतिविधिहरुको न्यूनिकरण गर्न सशस्त्र प्रहरी तैनात छ । अवैध रुपमा भन्सार छली तस्करी गरी ल्याएका सामानहरु सशस्त्र प्रहरीले दिनहुँ नियन्त्रणमा लिने गरेको छ । सशस्त्र प्रहरीको सक्रियताले सिमामा हुने तस्करीका गतिविधि कम हुदै गएको छ ।
बिहिबार सशस्त्र प्रहरीले विभिन्न नाकाबाट ५६ हजार १ सय ७० बराबरको अवैध सामान पक्राउ गरेको छ । अवैध सामानमा चिनी, भेली, लेडिज कपडा, हार्डवेयरका सामान, किराना सामान र डिजल बरामद गरी भन्सार कार्यालय गुलरियामा बुझाएको उपरीक्षक रावतले जानकारी दिए ।