बर्दिया, जेठ ४(फरकसमाचार)
कोराना महामारीको परास्त गर्न गुलरिया नगरपालिका कुनै कसुर नछाड्ने नगर प्रमुख मुक्तिनाथ यादवले बताएका छन् । गुलरियाबासीको स्वास्थ्यसँग जोडिएका हरेक सवालमा गुलरिया नगरपालिका प्रत्यक्ष निगरानीमा काम अघि बढिरहको बताए ।
‘नगरपालिका भित्रका जनप्रतिनिधि परिचालित भएका छन्’उनले भने,‘नगरबासीको सुरक्षा र नगरवासीको पक्षमा हामी काम गर्न तयार छौं ।’ देश नै कोरोना महामारीमा डुबेकोले महामारीमा खुलेर काम गर्न असहज परिस्थीति रहेकाले उनले खुलाए । पहिलो प्राथमामिकतामा स्वास्थ्य जाँचलाई दिएर नगरवासीको अवस्था बुझन लाखौ किट मगाईएको उनले बताए । अब जनताको घरघरमा गएर स्वास्थ्य जाँच गरेर उपचार तर्फ रणनितिक योजना नगरपालिकामा अख्तियार गरिसकेको उनले बताए ।
एन्टिजेन किट मार्फत गुलरियावासीका चेक जाँच तयारी : नगर प्रमुख यादव
संक्रमित अवस्था बुझन गाउँ–गाउँमा स्वास्थ्यकर्मी र जनप्रतिनिधि परिचालितः
जटिल बिरामी र सामान्य बिरामीको छुट्टा छुट्टै आईशोलेशनमा उपचार
शव व्यबस्थापन नगरपालिकाको समन्वयमा भईरहेको छ
दुई करोड अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया सुरु
होम आईशोलेशनमा बसेका बिरामीलाई स्वास्थ्य परामर्श र औषधिका लागि घर घरै स्वास्थ्यकर्मी परिचालित गरिएको उनले जानकारी दिए । महामारीलाई परास्त गर्न नगरपालिका कुनै कसुर नराखेर काम गर्ने योजना रहेको उनले बताए । ‘नगरवासी बाचे म बाच्ने हो’उनले भने,‘नगरवासीको हितमा काम गरेन भने मरेतुल्य नै हो ।’
नगरवासीको जिउ र धनको सुरक्षा गर्न घरकै लगानी गर्न समेत तयार रहेको उनी बताउँछन् । निजि क्षेत्रका हस्ति अशोक यादव सहयोगमा करिब दुई करोड बराबरको अक्सिजन प्लान्ट जडान गर्न लागेको नगरपालिकाको योजना रहेको उनले खुलाए । एक दुुई दिन चम्किने मैले काम गर्दैन, सदियौ काम लाग्ने गरी नगरपालिकाले स्वास्थ्य उपचार बिहिन हुनु नपर्ने गरि काम कारबाही भईरहेको छ । महामारीलाई परास्त गर्न नगरवासीको सहयोग, सुझाब सल्लाह बिनै कुनै काम अघि बढाउँन नगरपालिकाले मात्र नसक्ने भएकाले महामारीमा सबैको सहयोगको अपेक्षाका लागि नगर प्रमुख यादवले आग्रह गरेका छन् ।