बुधबार, जेठ ०५, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ ५ (फरकसमाचार)
राजापुर नगरपालिकामा ४ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजापुर नगरपालिका बस्ने ७९ वर्षिय वृद्ध रहेका छन् ।
वृद्धले मंगलबार दिउँसो १२ बजे करणी गरेका थिए । साँझा ४ बजे ईलाका प्रहरी कार्यालयमा खबर भएको थियो । प्रहरीले जानकारी पाउन साथ प्रहरी निरीक्षक सन्तोष घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले वृद्धलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले वृद्धलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।