बिहिबार, जेठ १३, २०७८
मा प्रकाशित
0
Shares
बर्दिया, जेठ १३ (फरकसमाचार) / जिल्लामा थप १ सय २२ जनामा कोरोना संक्रमण आज पुष्टि भएको छ ।
५७ महिला र ६५ पुरुषमा भाइरस पुष्टि भएको हो । जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ४ हजार १ सय ५ पुगेको छ । आज एक दिनमा ५२ जना निको भएका छन् । निको हुनेको संख्या २ हजार १ सय ७८ पुगेको छ ।
१ हजार ८ सय ३७ जनामा भाइरस सक्रिय रहेको छ । सक्रिय संक्रमित मध्ये १ हजार ७ सय १२ जना होम आईसोलेसनमा, १ सय ६ जना अस्पतालमा र १९ जना आईसियुमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।