लकडाउन प्रभाव ः निकुञ्ज भित्र राजाको चहल पहल
शनिबार, जेठ २२, २०७८ मा प्रकाशित

बर्दिया, जेठ २२ (फरक समाचार)

बाघको प्राकृतिक बिशेषता लजालु पन हो । बाघले खतरा महशुस गरे पछि जति आक्रामक हुन्छ, त्यति नै मानिस देखि लजाउने पनि गर्छ । तर, शान्त बातावरण रुचाउने बाघ हेर्ने पर्यटकको प्रमुख रोजाईमा पर्छ ।
बर्दिया निकुञ्ज भित्रको तिनकुने पल्लो छेउमा नदीमा बाघ नुहाएको हेर्न पर्यटकको लर्को यतिबेला हुन्थ्यो । बैशाख १३ गते देखि पर्यटक लकडाउनमा छन् भने वन्यजन्तु (बाघ, हात्ती र गैडा) निकुञ्ज भित्र निर्धक्क आ–आफ्नो दिन चर्यामा रमाईरहेका छन् ।
नदी तटिय क्षेत्रमा बाघ देखिन्छ भनेर पर्यटकको तछाड मछाड हुने पर्यटन व्यबसायी शंकर भट्टराईले सुनाए । ‘चकमन्न निकुञ्ज छ ,’उनले भने ‘पर्यटकलाई लकडाउन लागेको छ वन्यजन्तु निर्धक्क घुम्न निस्कन्छन् ।’ ‘बैशाख १३ गते देखि निकुञ्ज भित्र कोलाहाल छैन, जंगलमा वन्यजन्तुको राज छ,’उनले थपे ।

बर्दिया निकुञ्ज भित्रको तिन कुने सधंै जसो पाटेबाघ देखिने ठाउँ हो । निकुञ्ज भ्रमण गर्न आउने मूख्य सिजन यही भएकाले निकुञ्ज भित्र भिडभाड बढ्थ्यो यतिबेला । तर, जंगलको राजा बाघ निर्धक्क घुमेको घुम्यै छन्, तर पर्यटक छैनन् । लकडाउनको मौकामा आफ्नो टेरोटोरीमा बाघ निर्धक्क घुमिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले पुष्टी गरे ।
‘निकुञ्ज भित्र हुने कोलाहाल र त्रास बिच वन्यजन्तु प्रकृतिसँग रम्थे’ उनले भने,‘अहिले अवस्था फेरिएको छ । जंगलको राजा निर्धक्क घुमेर शिकार खेल्छन् भने गैडालाई र हात्ती चरिचरण गर्न बाधा छैन । चराचरी चिरबिरले निकुञ्ज गुञ्जायमान हुन्छ ।’
जंगलको राजा पाटे बाघ निर्धक्क मुभमेन्ट गरिरहेको उनले बताए । चराको चिरबिर, बाघ ग्रजन, गैडा र हात्तीको बिचरणले निकुञ्ज वातावरण रमाईलो भएकोे उनी बताउछन् ।

लकडाउनलाई मध्यनजर गर्दै निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना र निकुञ्जका कर्मचारी संबदेशनशिल भएर खटिएको उनले बताए । डेढ महिना लामो लकडाउन अवधिमा जवरजस्त वन्यजन्तुको निगरानी बढाईरहेको उनी बताउछन् ।
जंगलभित्र कोलाहल नहुँदा प्रकृतिसित वन्यजन्तु साँच्चैकै घुलमिल भईरहेको उनले दाबी गरे ।

‘जंगलमा कोलाहल नहुँदा बन्यजन्तु सुरक्षित महसुस गरिरहेका छन्’उनले भने, ‘कोलाहलमा बाघ बस्न रुचाउँदैन, त्यसैले पनि लकडाउनको अवस्थामा वन्यजन्तु स्वतन्त्र छन् ।’
बाघको राम्रो बासस्थान बनेको बर्दिया राष्ट्रिय निकुञ्जभित्र पनि लकडाउनका अवधिमा चोरी शिकारी सक्रिय रहेको पाईएको छ । गोप्य सूचनाको आधारमा काठ तस्करीमा संलग्नलाई निकुञ्जले समातेर कारबाही प्रक्रिया अघि बढाएको छ । अवैध हिसाबले निकुञ्ज प्रवेश गरेका र प्रतिबन्धित गतिविधिमा संलग्न रहेका कैयौं व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको रेकर्डमा देखिन्छ ।

बर्दिया निकुञ्जसँगै जोडिएको बाँके निकुञ्ज विस्तार गरेपछि पाटेबाघको संख्या बढेको छ । बर्सेनि निकुञ्जमा चोरी शिकार नियन्त्रणमा स्थानीयस्तर गठित चोरी शिकार यूवा दस्ता टोली अबैध चोरी शिकार रोक्न निकुञ्ज प्रशासनलाई सघाईरहेको छ ।

निकुञ्जहरुमा पर्यटकको भीडभाड नभएको समयमा वन्यजन्तुका आहार र बासस्थान व्यवस्थापन गर्ने काम पनि निकुञ्जले अघि बढाएको छ । मानव र वन्यजन्तु द्धन्द्ध व्यबस्थापनमा धेरै समय खर्चिएको पूर्व वार्डेन रमेश थापाले बताए । ‘बाघ लजालु हुन्छ, आक्रामक हुदैन मैले भन्दा धन्न कुटाई खाने अवस्था आएको थियो,’उनले भने । यतिबेला वन्यजन्तुकै कारण समृद्धि तिर लम्किदै गरेकाले पहिलाको तुलनामा मानव र वन्यजन्तुको द्धन्द्धमा कमि आएको उनले बताए । थापा रेन्जर पदमा जागिर सूरु गरेका उनले निकुञ्जमा वार्डेन पछि अवकास पाएका छन् । ‘निकुञ्जभित्र हुलका हुल हात्ती सफारी र अन्य सफारी हुँदा वन्यजन्तु कोलाहलले बाहिर निस्किन्थे,’ उनले भने ।

उनका अनुसार मानवीय गतिविधि रोकिँदा वन्यजन्तुको प्रजनन् क्रियाकलाप, पारिस्थितीय प्रणालीमा सन्तुलन मिल्छ र रोग सर्ने समस्या पनि हुँदैन । लकडाउनको अवसरमा वन्यजन्तु वासस्थान लगायतका दिर्घकालिन योजना लिएर अघि बढ्दा भविष्यमा वन्यजन्तु लाभ पुराउन सकिने थापाको भनाई छ । निकुञ्जमा पछिल्लो गणनामा ८७ बाघ सार्वजनिक भएको छ । वयस्क र बच्चा गरी बाघको संख्या एक सय रहेको निकुञ्ज कर्मचारीको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर