निजी बोडिङ्ग सरहको सामुदायिक बिद्यालयमा अध्यापन
मङ्गलबार, साउन १९, २०७८ मा प्रकाशित

छलाङ मार्दै बाँसगढीका सामुदायिक बिद्यालय

राम प्रसाद चौहान

बर्दिया, साउन १९

‘म अनलाईन कक्षा पढ्छु, बाँसगढी सामुदायिक बिद्यालयका एक बिद्यार्थीले भनिरहँदा अर्का बिद्यार्थीले भने,‘कोभिडको कारणले म पनि अनलाईन कक्षामा अभ्यस्त छु ।’ तर दुई बिद्यार्थी भने भिन्न भिन्न बिद्यालय पढ्ने बिद्यार्थी हुन । माथी उल्लेखित कुराले अगामी शैक्षिक सत्रको तयारी गरिरहेको बाँसगढी नगरपालिका सामुदायिक बिद्यालयले शिक्षामा छलाङ्ग मारेको पुष्टि गर्छ । ईन्टरनेट, कम्प्यूटर, प्रिन्टर जस्ता

आईटिका सामाग्री नजिकिएका ती बिद्याथीलार्ई अगामी शैक्षिक क्षेत्रसम्म अभ्यस्त गराउँने नगरपालिकाले योजना बुनेको छ ।
जिल्लाका आठ वटै स्थानीय तह अन्र्तगतका विद्यालयहरु स्थानीय पाठ्यक्रम निर्माण गर्ने क्रममा छन् । जसमा ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी सार्वजनिक गरिसकेको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाकी प्रमुख रेविका अमात्यले बताईन् ।

बाँसगढी नगरपालिकाले विषेश गरी गुणस्तरीय शिक्षा लागु गर्ने उदेश्यले ४ वटा क्याम्पसमा प्राविधिक शिक्षा संचालन गरेको छ । अत्ति विपन्न साईन्स पढ्ने जेहनदार विद्यार्थीलाई नगर प्रमुख छात्रबृत्ति कोषबाट पढाउन सुरु गरेको उप–प्रमुख सुष्मा चौधरीले बताईन् ।

शिक्षा शाखाको बजेट सिलिङबाट विपन्न विद्यार्थीलाई खाजा सपोर्ट कार्यक्रम संचालन भईरहेको छ । अत्ति विपन्न विद्यार्थीका अभिभावकले तिर्ने विद्युत शुल्क मिनाहा गरेको उपप्रमुख चौधरीले बताईन् । कोभिड महामारीको कारण विद्यार्थीहरुको बैकल्पिक शिक्षामा सहयोग पु¥याउने उदेश्यले विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण गरेको समेत उनले जानकारी दिईन् ।

सकि नसकी बोडिङ्ग पढाउने अभिभावकहरुको रहरलाई स्कुलबाट सुरु गर्ने उदेश्यले अघि बढेकोे उप–प्रमुख चौधरीको भनाई छ ।
पछिल्लो समय बाँसगढी नगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो गर्दै गएको स्थानीयको भनाई छ । नगर शिक्षा शाखाका प्रमुख छत्र बहादुर शाही आएको ६ महिनाको अवधिमा शैक्षिक क्षेत्रले फड्को मार्दै अगाडी बढेको स्थानीयको भनाई छ ।

बाँसगढी नगरपालिका शिक्षा शाखाले शैक्षिक प्रोफाईल तयारी गर्ने कार्य अघि बढाएको शाखाका प्रमुख छत्र बहादुर शाहीले बताए । आगामी शैक्षिक गुणस्तर योजना तथा कार्यक्रम तय गरी लागु गर्नको निमित्त प्रत्येक पालिकाले शैक्षिक प्रोफाईल बनाउनु पर्छ, हामी पनि त्यही बनाउने कार्यमा लागेको बताए ।

नगर शिक्षा क्षेत्र अन्र्तगतका ४० सामुदायिक विद्यालय र १७ संस्थागत गरी ५७ वटा विद्यालयहरुको नियमित अनुगमन गरी आवश्यक सुधार गर्दै गएको शाहीले बताए । उनका अनुसार प्रभावकारी शिक्षाको लागि विद्यालयका प्रधानाध्यापकहरुसंगै नियमित छलफल गरी अघि बढिरहेको छ ।

विद्यालयमा नयाँ प्रविधि इमेल ईन्टरनेट द्वारा अध्यापन गराउन ४० वटै सामुदायिक विद्यालयमा नेट जडानको योजना रहेको छ । जसमा ३० वटा विद्यालयहरुमा ईन्टरनेट सेवा जडान भईसकेको उनले जानकारी दिए ।

‘म सरुवा भएर आउँदा अधिकांश विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति थिएनन्, अहिले सबै विद्यालयमा व्यवस्थापन समिति गठन सम्पन्न भईसकेका छन्’ । हालै बाँसगढी नगरपालिका क्षेत्रका विपन्न परिवारका २० जना विद्याथीहरुलाई जनही २५ हजारका दरले शिक्षा शाखाले छात्रबृत्ति वितरण गरेको छ ।

उनका अनुसार नगर शिक्षा शाखा क्षेत्रको ५७ वटै विद्यालयको शैक्षिक, भौतिक, आर्थिक र नैतिक समग्रलाई समेटि शैक्षिक स्थिती पत्र निर्माणको कार्य अन्तिम चरणमा रहेको छ । यस पत्रले नगरका सबै विद्यालयको भौतिक स्थिती, सिकाई उपलब्धी, खानेपानीको अवस्था लगायत शैक्षिक ऐतिहासलाई झल्काउनेछ ।

कोभिडका कारण विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन गराउन नसकेकोले कक्षा १ देखि १० सम्मको लागि अभ्यास पुस्तिका निर्माण गरिरहेको बताए । पुस्तिका निर्माण गरि विद्यार्थीलाई उपलब्ध गराउने र १५÷१५ दिनको अन्तरालमा शिक्षकहरु टोल टोलमा गई मुल्याङ्कन गर्ने योजना शिक्षा शाखाले बनाएको छ । विद्यालयमा सहयोग मुलक कार्यक्रम ल्याउन विभिन्न संघसंस्थाहरुसंग समन्वय गरिरहेको शाहीले जानकारी दिए ।

बाँसगढी नगरपालिकाले शैक्षिक क्षेत्रमा सुधार गर्दै गएको छ । कक्षा १ देखि ३ सम्मका बालबालिकाको प्रतिमिनेट शुद्धसंग पढ्ने क्षमता बृद्धि हुनुका साथै पढेका कुरा बुभ्mने क्षमतामा सुधार भएको प्रारम्भिक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक रामकृष्ण हुमागाईले बताए ।

विद्यालयलाई व्यवस्थित, शैक्षिक स्तरको विकास र भौतिक संरचना निर्माणको कार्यमा नगर शिक्षा शाखाका प्रमुख शाहीले विषेश चासो देखाएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक ढाकाराम ढकालले बताए । विद्यालयको गतिविधि अवलोकन गरी आवश्यक सल्लाह सुझाव दिने गरेको प्रधानाध्यापक ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर