गुलरियाका व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोप
बुधबार, साउन २०, २०७८ मा प्रकाशित

बर्दिया, साउन २० (फरकसमाचार)

बर्दिया उद्योग वाणिज्य संघ, गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेको पहलमा गुलरिया नगरपालिकाका व्यवसायीले मंगलबार खोप लगाउँने अवसर पाएका छन् । उद्योग वाणिज्य संघको कार्यालयमा उपस्थित व्यबसायी कोभिड– १९ बिरुद्धको खोप लगाउँने अवसर पाएका हुन् ।

लामो समय देखि कोरोनाको त्रासमा व्यापार र व्यबसाय बन्द गराएर ज्यान जोगाएका उद्योगी, व्यवसायीले संघको पहलमा कोभिड बिरुद्धको खोप लगाउँन पाउँदा उत्साहित भएका छन् । ‘हामी खोप लगाउँन पाउँदा धेरै खुसी भएका छौ,’लक्षित बर्गमा पर्ने एक व्यबसायीले भने,‘ संघमा आएका नयाँ नेतृत्व चयन हामीले ठिकै गरेको महशुश भयो ।’

संघका अध्यक्ष पाण्डेले जिल्ला स्वास्थ्य कार्यालय, गुलरिया नगरपालिका र प्रशासनसँगको समन्वयमा उपलब्ध गराएको खोप कोरोना कहरको त्रासबाट मुक्त भएको समेत उनले सुनाए ।

नेपाल सरकारले कोरोना खोप उपलब्धतासँगै उद्योग वाणिज्य संघले उद्योगी व्यबसायीलाई पहिलो चरणमा उपलब्ध गराएको भन्दै उद्योग वाणिज्य संघका अध्यक्ष पाण्डे सहित नव निर्वाचित टिमको व्यबसायीले प्रशंशा गरेका छन् । पछिल्लो समय नेपाल सरकारले लक्षित बर्गमा खोप लगाउँने कार्यक्रम अन्र्तगत गुलरियाका उद्योगी र व्यबसायी कोरोना बिरुद्धको खोप लगाएका हुन् । गुलरिया उद्योग वाणिज्य संघमा ७ सय ५० व्यबसायी आवद्ध छन् ।

करिब करिब खोप लगाउँन बाँकी गुलरियाका व्यबसायी नरहेको अनुमान गरिएको छ । लामो समय देखि लुकिछिपि खोप लगाएपनि व्यबसायीको हक हित संरक्षणका लागि नेतृत्व गरेको संघले आम व्यबसायीलाई संरक्षण गरेको समेत यतिबेला टिका टिप्पणी चलिरहेको छ । सर्वसहमतिबाट चयन भएका संघका अध्यक्ष पाण्डेको पहलकदमिले अगामी नेतृत्वलाई समेत यस्ता व्यबसायीक मैत्री काम गर्न बाध्य पार्ने समेत व्यबसायीले बताएका छन् ।

‘यसअघि बिभिन्न नाममा अधिकांशले खोप लगाए,’व्यबसायी रसिक अहमदले भने,‘ अरुले खोप लगाउँदा हामी हेरेको हेरै भयांै, आज आएर संघका अध्यक्ष पाण्डेको पहलमा खोप लगाउँन पाउँदा खुसी भएका छौ ।’ नेपाल सरकारको प्रोटोकल अनुसार गुलरिया नगरपालिकाका व्यबसायीले अमेरिकन जेनसेन सिग्गल डोजको खोप लगाएको पाण्डेले बताए ।

‘ लामो समय जिउ ज्यान खतरामा राखेर व्यबसाय संचालन गर्नु भयो’उनले भने,‘ निजी क्षेत्र नै धरासयी बनिरहेको बेला कोभिड बिरुद्धको खोप लगाउँन पाउँदा व्यबसायीको अनुहारमा खुसी देखियो ।

’ उद्योगी र व्यबसायीको हक हितमा संरक्षण गर्ने नेतृत्व जिम्मेवारीमा रहेका बेला व्यबसायीलाई खोप उपलब्ध गराउँन पाउँदा आत्म सन्तुष्टि मिलेको संघका अध्यक्ष पाण्डेले सुनाए । उद्योग वाणिज्य संघको कार्यालयमा कोभिड विरुद्धको खोप ५ सय ६४ व्यवसायीलाई लगाएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर