सोमबार, साउन २०, २०८२
मा प्रकाशित
0
Shares
बर्दिया,साउन १९(फरकसमाचार) / चोरी कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–३ पुष्पनगरका २८ वर्षिय आदित्य परियारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
जिल्ला अदालतले विस २०८१ साल भदौ १७ गते चोरी सम्बन्धि मुद्दामा परियारलाई ४ महिना २४ दिन कैद, रु ५ हजार जरिवाना र २ सय पिडित राहत कोषमा जम्मा हुनेगरि फैसला गरेको थियो ।
अदालतले सजाय तोकेदेखि परियार फरार रहेका थिए । इलाका प्रहरी कार्यालय मैनापोखर देखि खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–७ कर्णालीपुर स्थित लुकीछिपि हिडिरहेको अवस्थामा परियारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।