सोमबार, मङि्सर १६, २०८२
मा प्रकाशित
1252
Shares
बर्दिया,मंसिर १५(फरकसमाचार)/ लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट लागु औषधसहित एक जनालाई शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–३ सिमराका २८ वर्षिय बिनोद कुर्मि रहेका छन् । कुर्मि भारतबाट नेपालतर्फ शंकास्पद रुपमा आईरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा १ सय ६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
कुर्मिलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रकाश सिंह कार्कीले जानकारी दिए ।

