वेवारिसे अवस्थामा खयर जातको काठ बरामद
बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर १६ / खयर जातको काठ प्रहरीले बरामद गरेको छ । मधुवन नगरपालिका–३ स्थितबाट खयर जातका गोलिया काठ सोमबार प्रहरीले बरामद गरेको हो ।

बरामद काठ बेवारिसे अवस्थामा फेला परेकोले कसले, कहाँबाट काठ लग्न लागेको नखुलेको प्रहरी को दावी छ । प्रहरीको अनुसार कोठिया सामुदायिक वनबाट बेवारिसे अवस्थामा फेला परेको खयर जातको ३३ गोलिया, ३६ क्युफिट काठको अन्दाजी मुल्य रु ९४ हजार ५ सय रहेको छ ।

बरामद काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन सानोश्रीमा बुझाएको प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय