कैलाली, वैशाख १५ : बजार नपाएपछि लम्कीचुहानगरपालिका वडा नम्बर २ गणेशपुरका ४२ वर्षीय किसानलौटन चौधरीको तरकारी बारीमै तोरी कुहिएको छ। भारतबाट भित्रिएको तरकारी सस्तो मूल्यमा बिक्री हुने गरेकोले स्थानीय तरकारीले बजार पाउन नसकेको किसान लौटनले बताए।
दुई बिघा जमिनमा व्यावसायिक अर्गानिक बेमौसमी तरकारी खेती गर्दै आएका लौटनले एक बिघामा लगाएको फूलगोभी र बन्दागोभी बिक्री हुन नसकेर बारीमै फुलेको छ।
किसानले पाँच रुपैयाँमा पनि तरकारी बिक्री गर्न सकेका छैनन्। लम्कीचुहा वडा नम्बर ६ चैनपुरका कृषक रामबहादुर बिक भन्छन, किसानले तरकारी उत्पादन गरेपछि स्थानीय सरकारले बजारीकरण गर्ने व्यवस्था र कृषिबीमा तथा हाट बजार संचालन र कोल्ड स्टोरको ब्यवस्था गर्नु आवश्यक छ।
लौटनले अर्गानिक तरकारी खेतीका लागि गोबर मल, बिउ, बेर्ना र मजदूरी ज्याला सहित तीन लाख रुपैयाँ लगानी भएको बताए। उनले भने, ‘घरघर पुर्याएर बल्लतल्ल ६० हजारको मात्र तरकारी बिक्री भयो। अहिले जाँगर मरेको छ। काम गर्ने आट छैन्।’ व्यवसायिक तरकारी खेतीमा रुचीभएका लौटनले २०७० सालबाट जमिनमा नरेश आर्गानिक कृषि तथा लक्की नर्सरी सेन्टर दर्ता गरी बेमौसमी तरकारी खेतीगर्दै आएका छन्।