आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ
शनिबार, फागुन १५, २०७७ मा प्रकाशित

कपिलवस्तु, फागुन १५ /  प्रहरी आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ ।

फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई  बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय