पहिलो दोश्रो दिनको खेलमा बढैयाताल बाँसगढी बजयी, तेश्रो दिन आज मधुवन र गुलरिया बिच खेल हुने
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, फागुन १७ / “खेलुकुद र विकासमा युवाको साथ : देशले पाउँछ समृद्धि र निकास” भन्ने मुलनाराका साथ बर्दिया जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिता २०७७ को पहिला दोश्रो दिनको खेलमा बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिका विजयी भएका छन् ।

प्रतियोगिताको पहिलोदिन फागुन १५ गते भएको खेलमा बढैयाताल गाउँपालिकाले ठाकुरबाबा नगरपालिकालाई १ गोलको बिरुद्ध ७ गोल गर्दै बढैयाताल पहिलो चरणको खेलको बिजयी भएको छ । भने त्यसै गरी प्रतियोगिको दाश्रो दिन बाँसगढीले बारबर्दियालाई सुन्यको बिरुद्ध २ गोल गरि बिजयी बनेको आयोजकले जनाएको छ ।

कालिका सामुदायिका पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ बर्दियाको आयोजनामा १५ गते सनिवार उद्घाटन भएको प्रतियोगिताको तेश्रो दिन आज १७ गते दिनको ३ः३० बजे मयुरयुवा क्लबको खेल मैदानमा गुलरिया नगरपालिका र मधुवन नगरपालिका बिच खेल हुने आयोजकले जनाएको छ ।

गत बर्ष सम्पन्न भएको पहिलो पालिका स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता बनेको मधुवन नगरपालिका र उप बिजेता बनेको बाँसगढी नगरपालिकाले यस बर्षको खेलमा पनि बाजी मार्न फाइनल खेलमा पुग्नै पर्ने दवाब छ ।

बढैयाताल गाउँपालिकाको कार्यालय मैनापोखर र मयुर युवाक्लब स्याउली बजारको सहकार्यमा कालिका सामुदायिक पुस्ताकालयले पालिका र जिल्ला स्तरमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्दै खेलकुद बिकास र सामाजिक बिकासमा यूवाहरुलाई उर्जाशिल तथा सिर्जनशील बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई सभ्य र भब्य रुपमा संचालन गर्नका लागि बढैयाताल गाउँपालिकाको कार्याालय, वडा कार्यालयहरु, स्थानिय उद्योगि, ब्यापारी, निमार्ण ब्यबसायि, बिद्यालय, संघ सस्था, खेल प्रेमी, नागरिक समाज, पत्राकार, राजनितीक दलका प्रतिनिधीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग रहेको आयोजक सस्थाका अध्यक्ष सुशिल चौधरीले जानकारी दिए ।

मुख्य प्रायोजकका रुपमा मयूर युवा क्लवका भुपु खेलाडि तथा सदस्याहरु र साना किसान कृषि सहकारी सस्था लि. बढैयाताल रहेको उक्त प्रतियोगिताको उद्घाटन लुम्बिनि प्रदेशका सदस्य कबिराम थारुले गर्नु भएको थियो भने पुस्ताकालयका अध्यक्ष सुशिल चौधरीको अध्यक्षता भएको कार्यक्रमको संचालन हिक्मत सुनारले गरेका थिए ।

फागुन १५ देखि २२ सम्म संचालन हुने पालिका स्तरीय फुटबल प्रतियोगिताको मुख्य रेफ्री शिव अधिकारी, सहायक रेफ्री रुपमा बिशेश गुरुङ्ग र कृष्ण चौधरीले प्रतियोगितालाई मर्यादित र ब्यबस्थित रुपमा संचालन गर्दै आएका आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय