दलबहादुर सुनार
बर्दिया, फागुन १७ / बर्दियाको बढैयातालमा ४५ दिने आधारभुत सांकेतिक भाषा शिक्षा तालिमको उद्घाटन भएको छ ।
स्थानिय सरकारद्वारा प्रदान गरिने सेवा सुबिधामा बहिरा अपाङ्गता भएका ब्यक्तिहरुलाई सुचना तथा सञ्चारमा पहुँच अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको सांकेतिक भाषा शिक्षा तालिमको उद्घाटन भएको छ ।
बढैयाताल गाउँपालिकाको आयोजना र बढैयाताल स्तरीय अपाङ्गता समन्वय समितिको समन्वयमा सञ्चालन हुने तालिमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष दिपाकुमारी गौतमले आईतबार गरेकी छन् ।
उपाध्यक्ष गौतमले उद्घाटन गर्दै अपाङ्गता भएका ब्यक्तिहरुको लागि संबिधान र अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ मा भएका ब्यबस्थालाई ब्यहारमा लागु गर्दै बढैयाताल गाउँपालिकालाई अपाङ्गता मैत्री पालिका बनाई सेवा सुबिधा सहज र सरल रुपमा प्रवाह गरिने बताईन् ।
महिला बालबालिका शाखा बढैयातालकी प्रमुख दुर्गा हमालले स्वागत र उद्धेश्य माथी प्रकास परेकी थिईन् । कार्यक्रममा बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले यो तालिमले बहिरा अपाङ्गता भएका ब्यक्तिहरुको सवाल र समस्याहरुको बारेमा सेवा प्रदायक निकाय लगाएत सरोकार वालाहरु जानकार हुने बिचार राखेका थिए ।
बढैयाताल स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष नेत्र प्रसाद सापकोटाको अध्यक्षतामा उद्घाटन भएको ४५ दने तालिममा बहिरा अपाङ्गता भएका ब्यक्ति, सेवा प्रदायक निकाय र अपाङ्गता सरोकारवाला संस्थाका प्रतिनिधिहरु लगायत २० जनाको सहभागिता रहने तालिममा सांकेतिक भाषाका दोभाषे प्रशिक्षक प्रकास लामिछानेले प्रशिक्षण गर्ने संस्थाले जनाएको छ ।