आगलागी हुँदा ३ लाख ८८ हजार बराबरको क्षति
सोमबार, फागुन १७, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
बर्दिया, फागुन १७ / आगलागी हुँदा ३ लाख ८८ हजार बराबरको क्षति भएको छ । गुलरिया नगरपालिका–४ कैलाशनगर रामजनिया बेहनाको घरमा सोमबार दिउँसो आगलागी भएको हो ।

आगलागी हुँदा घर धनी घाइते भएका छन् । उनको घाटी, हात, खुट्टा र ढाडमा जलेको छ । उपचारको लागि जिल्ला अस्पताल लगिएको सामान्य उपचारपछि थप उपचारको लागि भेरी अस्पताल बाँकेमा लगिएको प्रहरीले जनाएको छ ।
दिउँसो बेहनाको फुसले छाएको गोठबाट आगलागी भएको हो ।

बेहनाको गोठबाट लागेको आगोले तिन घरलाई क्षति पुगेको छ । बेहनाको टिनले छाएको दुई कोठाको घर,फुसले छाएको गोठ, बाख्रा, भैसी र पाडा क्षति भएको छ । त्यसैगरी राधेश्याम गोडियाको टिनले छाएको घर र तुल्सी बस्नेतको टायलको घर क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा ३ लाख ८८ हजार बराबरको क्षति भएको छ ।

आगलागी भएको सुचना पाउन साथ प्रहरी निरीक्षक गोपाल पौडेलको कमाण्डमा ३५ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको थियो । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय