१२ सय बिद्यार्थीलाई ट्राफिक शिक्षा !
शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित

दुर्गा आचार्य
बर्दिया, फागुन २१ / प्रहरी देखेर हच्किने बिद्यार्थी प्रहरीकै सामु खुले । झै झगडा,मुद्वा मामिला देखिने प्रहरी कलम र कापी बोकेर बिद्यालय परिसरमाा पुग्दा बिद्यार्थी नजिकिदै हौसिए । प्रहरीले सिकाउँन आएको सुन्दा अच्चम मानेका बिद्यार्थी ट्राफिकको प्रशिक्षण कार्यक्रममा जिज्ञाशु बने । अज्ञानताका कारण सडकमा हिड्दा भएका गल्ती नदोहोराउँन ट्राफिक प्रमुख लोक विक्रम मल्लले भनिरहदा बिद्यार्थी मुखामुख गरेको दृश्यले प्रशिक्षण कार्यक्रम केहि सिक्न खोजेको भान भयो ।

यस्तो दृश्य गुलरिया देखि पश्चिम करिब ३० किलोमिटरको दुरीमा रहेका हुलाकी सडक खण्डमा पर्ने जनचेतना माबि, खैरीचन्दनपुरमा देखियो । ट्राफिक प्रहरीको प्रशिक्षणमा १ हजार २ सय बिद्यार्थी सहभागी भए । त्यसपछि सुरु भएको प्रशिक्षण तीन घन्टा लम्बियो ।

सधै मुदा मामिला, झै झगडा देखिने प्रहरी ट्राफिक शिक्षा बाड्न आएको सुन्दा बिद्यार्थी दंग परे । त्यसपछि अधिकांश बिद्यार्थीले ट्राफिक प्रहरी सह्रानियको कामको खुलेर प्रशंशा गरे ।

सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउँने मल्लले गरेको सचित्र बयानबाट बिद्यार्थीलाई एक दमै प्रभावित भए । समय घरकिदै जादा बिद्यार्थीमा ट्राफिक नियम सिक्ने मोह बढ्यो । ट्राफिक प्रहरी प्रहरी नायव निरीक्षक मल्लले पनि झर्को नमानेर बिद्यार्थी जिज्ञाशा मेटाए । ट्राफिक प्रहरीको प्रशिक्षणले बिद्यार्थी मन जितेको शिक्षक अरुण चौधरीले बताए ।‘पहिला कच्चि बाटो थियो, अहिले पक्की बाटो बन्यो’ सचेतना कार्यक्रमको उपयोगिताको बयान गर्दे उनले भने,‘यस्तो अवसरमा सहभागी बिद्यार्थीले दुर्घटना हुन नदिन अब समाजमा पुलको काम गर्छन ।’

जेव्रा क्रसिङबाट सडक पार गर्दा होस् या सवारी साधन चलाउँदा नियम पालनाले गर्न पर्ने कुरा पटक पटक ट्राफिक प्रमुख मल्लले दोहाराउँदा उपस्थित बिद्यार्थीले एक तमासले नै सुनिरहिन ।

आफ्नो गल्ती कारण दुर्घटना हुने भएकाले सचेतना कार्यक्रम महत्वपूण रहेको बिद्यार्थीले औल्याए । उक्त बिद्यालयका १२ सय छात्र/छात्रालाई ट्राफिक नियम प्रशिक्षण मल्लले दिँदा बिद्यालयमा एक किसिमको रौनक छायो । ट्राफिक नियम सिक्न बिद्यार्थी जागरुक भएपछि कार्यक्रमका प्रशिक्षक मल्ल झन उर्जावान देखिए । तिनैको प्रशिक्षण तीन घण्टा बिद्यार्थी मन्त्र मुघन भए । ट्राफिक नियमका बारेमा बिद्यार्थीले बुझे । पछिल्लो समय बढिरहेको दुर्घटना न्यूनिकरणका लागि जन चेतना मााबी खैरीचन्दनपुरका बिद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिएका हुन ।

दुर्घटना न्यूनिकरण बिद्यार्थीको सहभाागीताले महत्वपुर्ण भुमिका खेल्ने मल्लले बताए ।‘यो शिक्षा बिद्यालय सम्म मात्र रहदैन’उनले भने‘प्रत्येक घरघरमा ट्राफिक शिक्षाको बारेमा अब बिद्यार्थीले जानकारी गराउँछन् ।

बिद्यार्थी मार्फत सचेतना फैलाएर दुर्घटना न्यूनिकरण हुने उदेश्य लिएर हुलाकि सडक खण्डमा पर्ने स्कुले बिद्यार्थीलाई सचेत गराईएको उनी बताउँछन् ।
राजमार्गमा पैदल तथा साईकल यात्रुहरुले ट्राफिक नियम पालन नगरि सडक प्रयोग गर्नै गरेको पाईए पछि सडकमानै यति खेर ट्राफिक नियम सिकाईरहेको छ । बिद्यालय संचालनका क्रममा राजमार्ग छेउछाउका बिद्यार्थीहरु सवारी दुर्घटनाको उच्च जोखिममा रहको ट्राफिक प्रहरीको निष्र्कष छ । बिद्यार्थी केन्द्रित कार्यक्रम मार्फत सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले बिद्यार्थीले प्रयोग गर्ने सडकमा र बिद्यालयमै गई प्रयोगात्मक विधिबाट प्रशिक्षण गरेका छन् ।

ट्राफिक प्रहरीले बिद्यालयमानै प्रशिक्षण दिएका कारण बिद्यार्थीहरुले ट्राफिक नियम सम्वन्धी धेरैकुराको जानकारी पाएको सहभागिले प्रतिक्रिया दिए । यस्ता कृयाक्लापले बिद्यार्थीहरु आफु कसरी सुरक्षित हुने र आफ्नै परिवारमा गई ट्राफिक नियमबारे जानकारी गराई सवारी दुर्घटना न्युनीकरणका लागि महत्तवपूर्ण भुमिका निभाउन सक्ने छात्रा बसन्ती ढेँडा मगरले बताईन।

बर्दिया जिल्लामा आर्थिक बर्ष ०७५/७६ देखि हालसम्म १ सय ८८ सवारी दुर्घटनामा १ सय ७ जनाले ज्यान गुमाएका छन् भने २ सय ३३ जना घाईते भएको तथ्याङ रहेको छ । दुर्घटनाको संख्याका हिसावले मृत्युदर बढ्नुमा ट्राफिक नियमको चरम उलंघन गरेको देखिन्छ । अधिकासं बिद्यार्थी तथा अन्य यात्रुहरु सडकमा नियम बिपरितनै सडक प्रयोगगरेको पाईने गरेको छ । यस्का लागि अभिभावक र बिद्यालयले पनि बिद्यार्थीलाई सचेत गराएमा सवारी दुर्घटनामा न्युनीकरण हुनेमा शिक्षकहरु समेत बिश्वस्त छन् । आफ्ना बिद्यार्थीहरुलाई सवारी दुर्घटनाबाट जोगाउन बिद्यालयले गर्नुपर्नै भुमिका गरेको भएपनि ट्राफिक प्रहरीनै बिद्यार्थीहरुलाई भेटी ट्राफिक नियमबारे जानकारी गराउदा बिद्यार्थीहरुले थप कुराजानकारी पाउन सकेका छन् । व्यस्त राजमार्ग किनारमा रहेका सडकमा बिद्यालय संचालनका वेला ट्राफिक प्रहरी ड्युटीमा भईदिए रामा्रे हुने शिक्षकको भनाई छ ।

दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले जिल्लाका व्यस्त राजमार्गहरुमा चेतना मूलक कार्यक्रलाई बढाई रहेको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत बिद्यार्थी तथा सर्वसाधरणहरुसंग प्रत्यक्ष उनकै घरआँगनमा गई जानकारी गराउदा दुर्घटनामा न्युनीकरण हुने बिश्वास ट्राफिक प्रहरीको छ ।

यसै क्रममा राजापुरमा रहेको श्री जनचेतना माध्यमिक बिद्यालय मंगलपुरका करिब १२ सय बिद्यार्थीलाई एकै पटक प्रशिक्षण गरेको छ । दुर्घटना न्युनीकरणका सवारी नियम उलंघन गर्नै सवारी कारवाहीलाई तिब्रता दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले बताएको छ । यसैक्रममा चालु आर्थिक बर्षको माघ महिना सम्मा ११ हजार ७ सय ५४ सवारी कारवाहिबाट ६६ लाख १२ हजार ५ सय रुपैया राजश्व संकल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायव निरीक्षक लोक बिक्रम मल्लले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय