पालिका स्तरीय फुटबल प्रतियोगिताको सफलता मधुवनलाई
आइतबार, फागुन २३, २०७७ मा प्रकाशित

दलबहादुर सुनार
बर्दिया, फागुन २३ / “खेलकुद र विकासमा युवाको साथ : देशले पाउँछ समृद्धि र निकास” भन्ने मुल नाराका साथ दोश्रो बर्दिया जिल्ला पालिका स्तरीय फुटबल प्रतियोगिताको सफलता मधुवनलाई प्राप्त भएको छ ।

प्रतियोगिताको सेमिफाईनल खेलमा मधुवन नगरपालिकाले बाँसगढी नगरपालिकालाई र गेरुवा गाउँ पालिकाले बढैयाताल गाउँपालिकालाई पराजित गरी फाईलमा पुगेका थिए । मधुवन र गेरुवा बिच शनिबार भएको फाईनल खेलमा मधुवनले गेरुवालाई एक सुन्य गोलको अन्तरले पराजित गर्दै प्रतियोगितामा सफलता पाएको हो ।

कालिका सामुदायिका पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ बर्दियाको आयोजनामा १५ गते शनिवार लुम्बिनी प्रदेशका सदस्य कबिराम थारुले उद्घाटन गरेका थिए । प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अथिति एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले फाईनल खेलका प्रमुख रेफ्री बिवेश गुुरुङ्गलाई वल हस्तान्तरण गरि खेलको शुरु गरेका थिए ।

मयुर युवा क्लबको खेल मैदानमा सम्पन्न भएको प्रतियोगितामा बिजेता बन्न सफल भएको मधुवन नगरपालिकालाई सिल्ड सहित १ लाख १ हजार १ सय ११ रुपैया रासीको प्रथम पुरस्कार प्रदान गरिएको छ भने उप विजेता गेरुवा गाउँपालिकालाई सिल्ड सहित ५५ हजार ५ सय ५५ रुपैया भएको द्धितिय पुरस्कार प्रदान गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अथिती तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले प्रथम र द्धितिय हुने खेलाडिलाई उक्त रासीको चेक, सिल्ड तथा प्रमाण पत्र प्रदान गरेका छन् ।

प्रतियोगिताको फाईनल खेलमा मधुवनका हिमाल गुरुङ्ग मेन अफ द म्याचमा घोषित भएका थिए भने शंकर थारु सर्वोत्कृष्ट खेलाडिको रुपमा घोषित भएका थिए । मेन अफ द म्याच र सर्वोत्कृष्ट बन्न सफल दुबै खेलाडिलाई प्रमुख अथिति सिलवालले प्रमाण पत्र र मेटल प्रदान गरेका थिए ।

गत बर्ष सम्पन्न भएको पहिलो पालिका स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा बिजेता बनेको मधुवन नगरपालिका यस पटक पनि दोश्रो पालिका स्तरिय प्रतियोगितामा बिजेताको सफलता मिलेको छ भने गत बर्ष उप बिजेता बनेको बाँसगढी नगरपालिका सेमि फाईनल खेलमा मधुवनसंग पराजित हुन पुगेको श्रोतले जनाएको छ ।

बढैयाताल गाउँपालिकाको कार्यालय मैनापोखर र मयुर युवाक्लब स्याउली बजारको सहकार्यमा कालिका सामुदायिक पुस्ताकालयले पालिका र जिल्ला स्तरमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्दै खेलकुद बिकास र सामाजिक बिकासमा यूवाहरुलाई उर्जाशिल तथा सिर्जनशील बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई सभ्य र भब्य रुपमा संचालन गर्नका लागि बढैयाताल गाउँपालिकाको कार्याालय, वडा कार्यालयहरु, स्थानिय उद्योगि, ब्यापारी, निमार्ण ब्यबसायि, बिद्यालय, संघ सस्था, खेल प्रेमी, नागरिक समाज, पत्रकार, राजनितीक दलका प्रतिनिधीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ र सहयोग रहेको आयोजक सस्थाका अध्यक्ष सुशिल चौधरीले जानकारी दिए ।

मुख्य प्रायोजकका रुपमा मयूर युवा क्लवका भुपु खेलाडि तथा सदस्याहरु र साना किसान कृषि सहकारी सस्था लि. बढैयाताल रहेको उक्त प्रतियोगिताको समापन कार्यक्रममा खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, उपाध्यक्ष दिपाकुमारी गौतम, मधुन नगरपालिकाका प्रमुख गणेश के.सी, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिङ के.सी., बढैयातालका प्रमुख प्रशाससकिय अधकिृत अर्जुन सुबेदी, मधुवनका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, लुम्बिन िप्रदेशका खेलकुद बिकास समिमितिका प्रमुख चन्द, बर्दियाका खेलकुद बिकास समितिका प्रतिनिधी, खेल प्रेमी, स्थानिय बिद्यालयका शिक्षक, बिद्यार्थी, सुरक्षाकर्मि, लगायतको सहभागिता रहेको थियो ।

पुस्ताकालयका अध्यक्ष सुशिल चौधरीको अध्यक्षतामा संचालन भएको उक्त पालिका स्तरीय फुटबल प्रतियोगितामा मुख्य रेफ्रिको रुपमा बिशेश गुरुङ्ग, सहायक रेफ्रिको रुपमा शिव अधिकारी र कृष्ण गोपाल चौधरी रहेका थिए । प्रतियोगिता फागुन १५ देखि २२ गते सम्म संचालन भएको औपचारीक कार्यक्रमको संचालन पुस्ताकालयका सदस्य हिक्मत सुनारले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय