आग" />
नरैनापुर गाउँपालिकामा भीषण आगलागी,२५ घर जलेर नष्ट
सोमबार, फागुन २४, २०७७ मा प्रकाशित

आगलागीबाट करोडौंको क्षति

फागुन २४,(फरक समाचार )। बाँकेको नरैनापुर गाउँपालिकामा भीषण आगलागी भएको छ।

नरैनापुर वडा नम्बर १ स्थित सुइँया गाउँमा आज बिहान साढे ११ बजे आगलागी हुँदा २५ घर जलेर नस्ट भएका छन् ।आगलागीबाट करोडौंको जिन्सी सामानहरु तथा नगद जलेर नस्ट भएका छन् ।

गाउँपालिकाको दमकल ,सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए।

गाउँपालिका अध्यक्ष शाहले आगलागीबाट पीडित बनेका गाउँहरुलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने जानकारी दिएका छन् ।बगेशवोरी पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय