निकिता मैनाली
बर्दिया, फागुन २५ / जिल्लामा ८ पालिका झ्याकि प्रर्दशन गर्दै एक सय एघारौं अन्तराष्ट्रिय महिला/नारी दिवस सोमबार मनाएका छन् । नारी दिवस मनाउँन लागि विभिन्न संघसंस्थाले झ्याकि प्रर्दशन गरेका थिए ।
गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख शुशिला गिरी, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटा झ्याकिमा सहभागी रहेका थिए ।
झ्याकि गुलरिया नगरपालिका कार्यालयको प्राङगणबाट शुरु भई बजार परिक्रमा गरी नगरपालिकाको प्राङगणमा समापन गरेका थिए । बिहेवारी बिस पारी जस्ता सन्देश मुलक नारा झ्याकि प्रर्दशनको क्रममा लगाएका थिए । यस्तै पंन्तजलि योग समिति स्वास्थ्य सम्बन्धि सन्देश मुलक नारा बोकेर सहभागी जनाएका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, माईती नेपाल, सुनौलो महिला विकास बहुउदेश्यीय शहकारी संस्था, थारु महिला उत्थान केन्द्र, श्री संगम महिला विकास कृषि सहकारी संस्था, महिला स्वास्थ्य सेविका, नगर स्तरिय बाल सन्जाल, जिल्ला स्तरिय बाल संजाल, राधाकृष्ण महिला विकास समिति र बिद्यार्थी सहित नारी दिवसमा सहभागीता जनाएका थिए ।
¥यालीमा सहभागि महिलाले महिला हिंसा न्यूनिकरणका लागि महिला संघर्ष गर्न परेको बारेमा चर्को विरोध गरेका थिए । देशमा व्यबस्था परिवर्तन भएपनि महिला हेर्ने दृष्टिकोण कायम रहेको भन्दै यस्ता अवसरमा महिला एकजुट गरेर कार्यान्वयन दवाव दिन जरुरी रहेको बताए । महिला दिवसको अवसरमा महिलाको सहभागिता उल्लेख्य भएको भन्दै महिलाले आफ्नो हक अधिकार लिन पर्ने नगर प्रमुख मुक्तिनाथ यादवले बताए ।
‘महिलाले हकअधिकार मागेर होईन खोसेर लिनु पर्छ’ यादवले भने,‘मुक्ति वा अधिकार लिनका महिलाले यति बेला सडक संर्घष गर्न परेको छ ।’ नगरपालिका महिला हक अधिकार स्थापित गर्न कुनै कसुर नछाड्ने नगर प्रमुख यादवले बताए । यस्तै, हक अधिकारको पक्षमा उप नगर प्रमुख शुशिला गिरि रहेको उल्लेख गर्दै सदैब महिला दिदि बहिनिको पक्षमा रहेको गिरीको भनाई थियो ।
कार्यक्रममा अन्य वक्ताले पनि महिलाको हक अधिकारको पक्षमा बोल्दै महिला स्थापित गर्न पक्षमा धारणा राखेका थिए । महिला दिवसको अवसरमा महिला नेतृ गुलरिया नगरपालिका–७ की वडा अध्यक्ष गीता बस्नेत लगायत अन्य महिलाहरु सम्मानित भएका छन् । साथै झ्याकि प्रर्दशनमा सुनौलो महिला विकास बहुउदेश्यीय शहकारी संस्था प्रथम भएको छ ।