महिलाको उच्च सम्मान र नेतृत्वको खाँचो छ : नगर प्रमुख केसी
मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित

बर्दिया, २५ (फरक समाचार) मधुवन नगरपालिकाले मधुवन वडा नं. १ सुर्यपटुवा केन्द्रित अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । बिद्यार्थी, संघ संस्था, वडा स्तरिया महिला भेला गेरर अन्तराष्ट्रिय नारी दिवस मनाएको हो । मधुवन नगरका ९ वटै वडाका महिला नेतृ, समाजसेवी, नेतृत्वमा सहभातिमा निस्किएको जुलुशको नगर प्रमुख कृष्ण केसी र उपमेयर शिवरानी थरुनी नेतृत्वमा जुलुश निस्केको थियो ।

झ्याकि सहित निकालेको जुलुशमा हजारौं महिला सहभागी भएका थिए । मधुवन १ को सुर्यपटुवामा हजारौ संख्या सहभागीतामा मनाईएको नारी दिवस पहिलो पटक नगरपालिकाले आयोजना गरेको हो । नारी दिवसको अवसरमा स्वतस्फुर्त महिला सहभागिता उत्साहजनका रहेको थियो ।

सुर्यपटुवा पश्चिम नेपालको पर्यटकिय गन्तव्यको रुपमा चिनिएको छ । उत्पिडन महिला भावना समेट्ने उदेश्यले महिला तथा नारी दिवस भव्य रुपमा मनाईएको उपमेयर थरुनीले बताईन् । महिलाको उच्च सम्मान र कदरले देश समृद्धिको कल्पना गर्न सकिने नगर प्रमुख केसी बताए ।‘दिवसको अवसरमा हजारौको संख्यामा महिला उपस्थिति सह्रानिय छ’ मन्तव्यको क्रममा केसीले भने,‘ महिलाको उच्च सम्मान र नेतृत्व खाँचो छ,’‘पालिकामा अघिल्लो निर्वाचनमा वडामा महिलाको न्यून उपस्थिति रहेको र कागजमा रहेको ३३ प्रतिशत महिलाको सहभागिता कागजमा सिमित भएको छ’उनले भने । धारणा राख्ने क्रममा नारी दिवसमा महिलाको सहभागिता उच्च रहेको बताउँदै महिलाको राजनितिक बृतमा पनि सहभागिताको अधिकार खोस्न उनले रोष्टमबाट आग्रह गरे ।

‘महिलाको हक अधिकार स्थापित गर्न सडक देखि सदन सम्मको संघर्षको यात्रा तय गर्नुस हरेक मोडमा मधुवन नगरको साथ रहने भन्दा नगर प्रमुख केसी धारणा सुनिरहेका उपस्थिति महिला खुसी देखिए । महिला संशक्तिकरणका लागि नगरपालिका बिभिन्न गतिबिधि गरेको समेत उनले सुनाए ।

उपमेर शिवरानी थरुनीको नेतृत्वमा सुर्यपटुवामा आयोजना गरेको कार्यक्रममा हजारौ महिलाको उत्साहजनक सहभागीता थियो । मधुवन नगरपालिकाका ९ वटा वडामा २७ जना विपन्न महिला (थारु,दलित) लाई सिपमुलक कार्यक्रम मार्फत् रोजगारी प्रदान गर्ने अनुदान सहयोग गर्ने समेत नगर प्रमुख केसी प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय