जनप्रतिनिधि र स्वास्थ्य स्वयमसेविका एउटै व्यक्ति !
बुधबार, फागुन २६, २०७७ मा प्रकाशित

दीपककुमार शर्मा
बर्दिया,फागुन २६ / बढैयाताल गाउँपालिमा तीन जना जनप्रतिनिधि र स्वास्थ्य स्वयमसेविका एउटै व्यक्ति रहेको खुलेको छ । तीन जनालाई नियम लत्याएर सरकारी सुबिधा अपचलन गरेको आरोप छ ।

तथ्य बङग्याएर तीन जनाले दुई तर्फी भत्ता बापत रकम लिएको उनीहरु माथी आरोप छ । पटक–पटक दोहोरा सुबिधा लिएको कुरा बाहिरएपनि तथ्य बङग्याएर वा तोड मोड गर्दै जनप्रतिनिधिले दोहोरा सुबिधा लिएको तथ्य सार्वजनिक भएको हो ।

गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका कमला गुरुङ्घ, आरती भट्टराई र चन्द्राकला विकले दोहोरो सुविधा लिएको खुलेको हो । यी तिनै जना जननिर्वाचित हुन भने २ जना कार्यपालिकाका सदस्य समेत रहेका छन् । तिनै जना सामुदायिक स्वाास्थ्य स्वयमसेविका रहेको खुलेको छ । कार्यपालिकाको बैठक होस् वा पालिकाको अन्य कुनै बैठकमा भत्ता बुझदै आएका छन् भने सामुदायिक स्वास्थ्य स्वंयसेविकाको रुपमा पनि पाउनु पर्ने सेवा सुविधा पाइरहेको छन् ।

गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले तीन जनाले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने बताए । ‘हामीले भन्दापनि आफैले बुझने कुरा हो,’उनले भने, यो विषयमा छलफल भएको भएपनि पछिल्लो छलफलबाट सामाजिक स्वास्थ्य स्वयमसेविका वा जनप्रतिनिधि एउटा पद छोड्नु पर्ने आफुले बताएको भन्दै श्रेष्ठले स–सम्मान तरिकाले बिदाई गर्ने बताए ।

संञ्चारमाध्यमका कुरा आइसकेपछि पछिल्लो गाउँपालिका सभामा पनि यो कुरा उठेको भन्दै श्रेष्ठले एक महिनाभित्र यो विषयको टुगो लाग्ने बताए । ‘मैले पटक पटक भनेकै हो तपाई जनप्रतिनिधि भएपछि महिला स्वास्थ्य स्वयमसेविका नयाँलाई बनाउन पहल गर्नुहोस् भनेकै हो तर नसुनेका कारण अहिले यो अवस्था आयो’श्रेष्ठ भन्छन् ।

कमला गुरुङ्घ वडा नं. ४ बाट बढैयाताल गाउँपालिकाको न्यायिक समितिका सदस्य हुन भने आरती भट्राई वडा नं.७ र चन्द्राकला विक वडा नं. ३ बाट निर्वाचित वडा सदस्य हुन । कार्यपालिकाको सदस्य समेत रहेका तिनै जना गाउँपालिकामा हुने स्वास्थ्य गतिविधि तथा अन्य स्वास्थ्य स्वयसेविकाले पाउने सेवा सुविधा लिइरहेको पाइएता पनि गाउँपालिकाले कारबाही अघि बढाउँन सकेको छैन । जनप्रतिनिधि हुनु पुर्व स्वास्थ्य स्वय सेविका रहेका तिनै जनाले आफु निर्वाचित भएपनि स्वास्थ्य स्वयम सेविका अन्यलाई हस्तान्तरण नगरेको स्थानियवासी भनाई रहेको छ ।
वडामा अन्य महिला नभए जस्तो दोहोरो सेवा सुविधा आफैले लिइरहेको स्थानियवासीले बताएका छन् ।

स्वयमसेविका कुनै राजनितिक दलसंग आवद्ध वा नजिक भएर गरिने कार्य होइन । स्वतन्त्रभएको हुदाकुनै राजनितिक पार्टीको झन्डाबाट निर्वाचित भएपछि स्वत स्फुर्त रुपमा त्यो जिम्मेवारी अरुलाई दिनु पर्ने हो तर आफैले राख्नु जायजनभएको स्थानियवासीहरुको भनाई रहेको छ । यता स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गीरीले महिला स्वास्थ्य स्वयमसेविका निर्देशिकाले जनप्रतिनिधि तथा शिक्षक भएपछि स्वास्थ्य स्वयमसेवीका छोड्नु पर्ने रहेको छ तर अधिकास स्थानमा यसको कार्यान्वय नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय