अबैध गिट्टी बालुवा ओसारपसार गर्ने ट्याक्टर नियन्त्रण
शुक्रबार, फागुन २८, २०७७ मा प्रकाशित

बर्दिया, फागुन २८(फरकसमाचार)
अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसार पसार गर्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी निरीक्षण विरेन्द्र सिंह थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएको हो । बाँसगढी नगरपालिका–४ अस्नेरी खोलाबाट अवैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्याक्टर बाँसगढी नगरपालिकामा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय