दोस्रो दिनको खेलमा जनचेतना क्लब विजय
शनिबार, फागुन २९, २०७७ मा प्रकाशित

बर्दिया, फागुन २९ (फरकसमाचार)  / अण्डर– १९ फोकस्ड क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा शुक्रबार जनचेतना क्लब विजय भएको छ ।

अण्डर– १९ फोकस्ड क्रिकेट प्रतियोगिता गुलरिया नगरपालिका –५ सुुहेलवाको खेलमैदानमा भईरहेको छ ।

शुक्रबार जनचेतना क्लब र सुरजपुर टपरी विरुद्धमा खेल भएको थियो । जनचेतना क्लबले टस जितेर पहिला ब्याटिङ्ग गरेर १ सय ३५ रनको बनाएको थियो । १ सय ३६ रनको लक्ष्य लक्ष्यलाई पच्छ्याउदै सुरजपुर टपरी १४ ओभरमा १० बिकेट गुमाउंदै जम्मा ८७ रन बनाएर समेटिएको थियो ।

दोस्रो दिनको खेलमा बलिङ्ग तर्फ दुई विकेट लिएका र ब्याटिङ्ग तर्फ २२ रन जोडेका जनचेतना क्लबका शिव के.सी. ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

त्यसैगरी बजार–११ र खैरापुर टिम बिच हुने खेलमा खैरापुरका खेलाडीहरुको अनुपस्थिती भएकोले बजार–११ को सेमिफाइनलको स्थान सुरक्षित गरेको आयोजक बर्दिया उन्मुख युवा समाजका अध्यक्ष हिमांसु पोखरेलले बताए ।

गुलरिया नगरपालिका– ६ को सहयोग तथा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वयमा प्रतियोगिता भईरहेको छ । गुलरिया नगरपालिका– ६ का वडा सदस्य मोहम्मद अयुब हलवाईको अध्यक्षता, जिल्ला क्रिकेट संघ बर्दियाका अध्यक्ष तथा प्रदेश क्रिकेट संघका सदस्य विनयराज भण्डारीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको बिहीबार उद्घाटन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय