दलबहादुर सुनार
बर्दिया, फागुन २९ / बाल बिवाह न्यूनिकरण, लैगिक हिँसा, मानब बेचबिखन र बाल संरक्षण सम्बन्धि अन्तर सम्बाद कार्यक्रम शुक्रवार बढैयाताल गाउँपालिका– ७ मा सम्पन्न भएको छ ।
प्लान इन्टरनेश्नल नेपाल क्षेत्रिय कार्यालय, सुर्खेतको सहयोग, बढैयाताल नागरिक समाज संजालको समन्वयमा र बाँके यूनेस्को क्लव नेपालगंज, बाँकेको आयोजनामा उक्त सम्वाद कार्यक्रम भएको हो ।
बढैयाताल गाउँकार्यपालिका सदस्य समिक्षा थारुको अध्यक्षता तथा बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमको प्रमुख आथित्यमा भएको छ । कार्यक्रममा स्थानिय वडाका निर्वाचित सदस्य, कालिका प्रहरी चौकीका ईन्चार्ज, नागरिक समाजका प्रतिनिधि, बढघर, बाल क्लब, युवा क्लवका अगुवा तथा प्रतिनिधि, स्थानिय संघ संस्थाका प्रतिनिधि लगायत ४५ जनाको सहभागिता रहेको बाँके यूनेस्को क्लवका बढैयातलकी फिल्ड सुपरभाइजर लक्ष्मि चौधरीले जानकारी दिईन् ।
गल्स गेट इक्वल ः बाल विवाह चाँडै हुने र जवरजस्ती गरिने विवाह रोकथाम परियोजना कार्यक्रम अन्र्तगत संचालित एक दिने सम्वाद कार्यक्रममा सहजकर्ता रमेश कुमार चौधरीले बाल बिवाह, मानब बेचविखन, बाल संरक्षण सम्बन्धि नितिगत ब्यबस्था, जन प्रतिनिधि, नागरिक समाज र सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा सहजिकरण गरेको संस्थाले जनाएको छ ।