आइतबार, चैत ०१, २०७७
मा प्रकाशित
0
Shares
बर्दिया, चैत १ (फरकसमाचार)
प्रहरीले अवैध काठ, ट्याक्टरसहित मानिसलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरी टोलीले बारबर्दिया नगरपालिका– २ लठुवाघाट स्थितबाट पक्राउ गरेको हो ।
भे १ त ९३३१ र भे १ त ४८२१ नम्बरको दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा बारबर्दिया देखि खैरापुर तर्फ लैजादै गरेको अवस्थामा प्रहरीले ३१४.७७ घन फिट बराबरको सागवान, सिसौ, निम र आँप जातका काठका गोलिया बरामद गरेको छ ।
काठ, ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले पक्राउ गरी डिभिजन वन कार्यालय गुलरियामा बुझाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिएका छन् ।