गेरुवा गाउँपालिकाको कोरोना कहरमा एक करोड ७० लाख खर्च
सोमबार, चैत ०२, २०७७ मा प्रकाशित

बर्दिया, चैत २ (फरक समाचार)
गेरुवा गाउँपालिकाले कोरोना कहरमा १ करोड ७० बढि खर्च गरेको खुलेको छ । स्वास्थ्य सामाग्री र बाहिर आएकालाई कारोना संक्रमण नियन्त्रणका लागि क्वारिन्टन व्यबस्थापनमा १ करोड ७० लाख खर्च भएको पाईएको हो । सानो जनसंख्या रहेको उक्त कोरोना कहरमा अधिक खर्च गरेको अध्यक्ष जमानसिंह केसी र कार्यालय प्रमुख काशी पंगनि माथि लागेको छ ।उता क्वारेनिटनमा रहेकालाई मासु भात खुवाएकाले खर्च बढि देखिएको कार्यालय प्रमुख पंगेनिले स्वाीकारे ।

कोरोना संक्रमणका बेला स्वास्थ्य सामाग्रीमा पिपिई,क्वारेन्टनको व्यबस्थापनमा गेरुवा गाउँपालिकामा व्यापक अनिमियतता भएको स्थानीय बताउँछन् ।‘मासु नखाएको त हामीले प्रमाण दिन सक्छौ’गाउँका एक स्थानीय नेताले भने,‘क्वारेन्टिन अव्यबस्थित भएर कतिले घरबाट खाना मगाएर खाएका छन्,त्यो हामीलाई थाहा छ ।’कोरोना कहर सरकारी ढुकुटि चरम दोहन गरेको उनको दाबी छ । गेरुवा गाउँपालिका १ करोड ७० लाख बढि खर्च भएको प्रमुख प्रशासकिय अधिकृत काशी पंगेनिले स्वीकारे ।सानो क्षेत्रफलमा रहेको गेरुवा गाउँपालिकामा अन्य स्थानीय तह भन्दा बढि खर्च भएको भन्दै यतिवेला चर्को विरोध भईरहेको छ ।

गेरुवा गाउँपालिकाले ५० लाख बढि खाद्यान्न (चामल र मासु) किनेका भन्ने गलत रेकर्ड भएको स्रोत दाबी गर्छ । बढि धान उत्पादन हुने गेरुवामा ५० लाख बढि चामलको बिल पेश गरेर भुक्तानी लिएका स्रोतको आरोप छ । खाद्य सामाग्रीबाट खरिद गरेको चामल प्रत्येक क्यून्टलमा तीन हजार बढी फर्जी बढाएको अध्यक्ष जमानसिंह केसी र कार्यालय प्रमुख पंगेनिलाई आरोप छ ।

क्वारेन्टिनमा मासु र भात खाएकाले अधिक खर्च भएको प्रशासकिय अधिकृत पंगनिले स्वीकारे ।
सदरमुकाम गुलरिया देखि टाढा रहेका स्थानीय तह मध्यमा राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हुन् ।उक्त भौगलिक हिसावले ग्रामिण भेग भनेर चिनिन्छ । गाउँमा पक्की सडकको माग भएपनि जनप्रतिनिधि मनपर्दी गर्दा विकास हिसावले पछि पारिएको जनप्रतिनिधि माथी आरोप छ । गाउँपालिका नियम विपरीत आफन्त र कार्यकर्ता लाई स्थानीय तहमा भर्ना गरेर राज्यको ढुकटी गरेका अर्को आरोप लागेको छ ।२२ जना कर्मचारी नियम विपरीत भर्ना गरेर बार्षीक दुई करोड खर्च गरेको भेटिएको स्रोत दाबी गर्छ ।

नियमकारी निकायको पहुँच नहुँदा प्रमुख प्रशासकिय अधिकृत,लेखा प्रमुख र नगर प्रमुखको मिलिमतोमा स्थानीय स्रोत साधनको चरम दुरुपयोग गरेको उनीहरुलाई आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय