समाजिक न्यायमा दलित महिलाको पहुँच अभिबृद्धि सम्बन्धि अन्तरक्रिया
मङ्गलबार, चैत ०३, २०७७ मा प्रकाशित

दल बहादुर सुनार
बर्दिया, चैत ३ / सामाजिक न्यायमा दलित महिलाको पहुंच अभिबृद्धिका लागि सरोकार वालाहरुसंग सोमबार बढैयातालको मैनापेखरमा अन्तरक्रिया गरिएको छ ।

दलित महिलाहरुको आर्थिक तथा सामाजिक बिकासमा शसक्तिकरण र सामाजिक न्यायमा पहुंच अभिबृद्धिका लागि सरोकारवालाहरुको ध्यानाकषर्ण गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको हो ।

बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमको प्रमुख आथित्यमा भएको कार्यक्रममा दलित महिला संघ बर्दियाकी अध्यक्ष हेमा सुनारले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै समग्र महिलाको तुलनामा दलित महिलाहरु आर्थिक तथा सामाजिक रुपमा पछि परेका भन्दै उनिहरुलाई बिकासको मुल धारमा ल्यानको लागि स्थानिय सरकारले ठोस निति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिइन् । दलित महिलाका सवाल, चुनौति धेरै छन् तर ति सवालहरु ओझेलमा परेको भन्दै सेवा सुबिधा, सामाजिक न्यायमा पहुंच अभिबृद्धि गर्नका लागि स्थानिय सरकारका प्रतिनिधी र दलित अगुवाहरुको भुमिका महत्वपुर्ण हुने बताईन् ।

समग्र बिकासको अवरोध जातिय तथा लैङ्गिक बिभेद भन्ने मुल नाराका साथ आयोजना गरिएको अन्तरक्रिय कार्यक्रममा बढैयाताल गाउँ कार्यपालिका सदस्य चन्द्रकला बि.क, न्यायक समितिका सदस्य गंग बहादुर खत्री, महिला सदस्य कष्णकला सुनार, बिष्णु सुनार , दिलमायाँ सुनार, कौषिला बि.क, टोपली सुनार, क्याग समुहका प्रतिनिधि दलित अगुवा लगायत दलित महिला अधिकारकर्मिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय