राम प्रसाद चौहान
बर्दिया, चैत ३ / लैगिक समानता बाल संवेदनसील रिपोटिङ्ग, प्रणाली र बालविवाह रोकथामका लागि संचारकर्कीको भुमिका सम्बन्धि अन्तरक्रिया सोमबार गुलरियामा सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको समन्वयमा बाँके युनेस्को क्लबले कार्यक्रम आयोजना गरिएको थियो । बर्दियामा बालविवाह न्युनिकरणको लागि गल्स गेट इक्वल बाल विवाह चाडै तथा जबरजस्ती गरिने विवाह न्युनिकरण परियोजना कार्यक्रम संचालन हुदै आएको परियोजना संयोजक बसन्त विसीले बताए ।
बर्दियाका गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिका र राजापुर नगरपालिकामा बाल क्लब, युवा महिला संजालसंग मिलेर काम गरिरहेको परियोजना अनुगमन अधिकृत शान्त चौधरीले बताए ।
युनेस्को क्लवले बालविवाह तथा मानव बेचबिखन सम्बन्धि बाँके र बर्दियामा काम गर्दै आएको छ । बाल विवाह न्यूनिकरणका लागि संचारर्कीको भुमिका बारे कार्यक्रममा छलफल गरिएको थियो । त्यसैगरी लैंगिक समानता बाल संवेदनशील रिपोटिङ्ग गर्दा संचारकर्मीले केकस्ता कुरामा ध्यान दिने नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले प्रस्तुत गरेको थिए ।
बालविवाहले शारिरीक र मानसिक रुपमा विकास भएको हुदैन । घर व्यहार कसरी चलाउने कुराको जानकारी हुदैन जसले गर्दा बालविवाहले हाम्रो समाजमा असर परेको छ । बाल विवाह न्युनिकरणको लागि संचारकर्मीले कलम चलाउनु संचारकर्मीको दायित्व रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष राजेन्द्र धितालले बताए ।