उत्खननको जिम्मा पाएको सिटि कन्स्ट्रक्सन ठेक्का म्याद सुरुमै मेशिन प्रयोग गरेर नुरी क्रसर उद्योगलाई बिक्रि गरेको खुलेको छ । टिप्परले बोकेर ल्याउँदा नवनिर्मित हुलाकि सडकमा पानी चुहिदा पक्की सडक भत्किने भन्दै स्थानीय चिन्तित बनेका छन् । नुरी क्रसर उद्योगले मौज्याद गरेको निर्माण सामाग्रीले चन्दनपुर घाटमा बेरोकटोक उत्खनन् भईरहेको पुष्टि गर्छ ।
बर्दिया, चैत ४ (फरकसमाचार)
ठाकुुरबाबा नगरपालिकाले ठेक्का आह्वान गरेको चन्दनपुरघाट बेरोकटोक उत्खनन भईरहेको छ । सझौतामा बिपरीत उत्खनन् हुदा समेत नियमनकारी निकाय मुख दर्शक बनेको छ ।
७० हजार घनमिटर उत्खनन मौज्याद गर्न पर्ने सम्झौता उल्लेख भएपनि उत्खनको जिम्मा पाएको सिटि कन्स्ट्रक्सनले चन्दनपुरघाट बाट मात्र उत्खनन् गरेर डेढ लाख घनमिटर नदी जन्य नर्माण सामाग्री उत्खनन गरेको पाईएको हो ।
ठेकेदारको एक समुहले मापदण्ड मिचेर बबईको चन्दनपुर घाटमा तिब्र दोहन गरिरहेको छ । बबई नदीको चन्दनपुर घाटबाट डेढ लाख घन मिटर निर्माण सामाग्री उत्खनन् गरेर मौज्याद गरेको फेला परेको छ ।
गत ठाकुरबाबा नगरपालिकाले टेण्डर आह्वान गरेको बगनाहा स्थित चन्दनपुर घाटबाट डेढ लाख घन मिटर निर्माण सामाग्री उत्खनन् गरेको फेला परेको हो । सम्झौतामा ७० हजार घनमिटर उत्खनन् गर्ने उल्लेख छ । खोलामा उत्खनन् गर्न मेशिन प्रयोग गर्ने नियम पनि त्यहा लत्याईएको छ ।
उत्खनन्का लागी दिईन अनुमति दिईने मापदन्ड भन्दा एक सय गुणा बढि निर्माण सामाग्री उत्खनन् गरेर जम्मा गरिएको मौज्याद हो । उत्खननको जिम्मा पाएको सिटि कन्स्ट्रक्सन ठेक्का म्याद सुरुमै मेशिन प्रयोग गरेर नुरी क्रसर उद्योगलाई बिक्रि गरेको खुलेको छ ।
एक महिना अघि देखि खोलामा मेसिनबाट निकालेको निर्माण सामाग्री भएको स्थानीय चन्द साउदले बताए । ‘कहा लैजाने के गर्ने हो आफुलाई थाहा भएन’स्थानीय साउदले भने,‘टिप्पर धुलो उडाएर टिकिनसक्नु बनाएको छ ।’
नगरपालिकाले ठेक्का सम्झौतामा नदिमा मेशिन प्रयोग गर्न नपाईन र मापदन्ड विपरीत उठाउँन नपाउँने सम्झौतामा उल्लेख छ । सम्झौता विपरित नदि जन्य पदार्थ उत्खनन् गर्दा नियमन निकाय समेत बेखबर बनेकोमा स्थानीय चिन्तित छन् । ठेकेदारले नदीबाटा निकालिएको निर्माण सामाग्रीलाई घाट गद्दी नगरि सोझै पठाउँने गरेका छन् ।
उत्खनन्का लागी ठेक्का आब्हवान गर्ने निकाय नगरपालिका पदिय जिम्मेवारी बसेको नगर प्रमुख र प्रमुख प्रशासकिय मापदन्ड विपरित उत्खनन् हुदा पनि मौन बसेको हुनाले सर्वसाधरण मिलिमतोको शंका गर्छन् ।
ग्रामिण भेगका त्यस्ता घाटबाट निर्माण समाग्री जिल्ला भित्र रहेका क्रसर र वाहिरि जिल्लाका क्रसर उद्योगको लागी ओसार्ने गरिएको छ । मापदन्ड विपरित उत्खनन् भईरहेको गुनासो आएपनि सुनुवाई नगर्ने गरेको नगर प्रमुख घननारायण श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाललाई आरोप लागेको छ । रोयल्टीको प्रलोभन परेर उत्खननको जिम्मा पाएको सिटि कन्स्ट्रसन मनपर्दी गरिरहेको छ ।