बाघ खोज्न थप मद्दतका लागि चितवनका प्राबिधिक टोली
बुधबार, चैत ०४, २०७७ मा प्रकाशित

बर्दिया, चैत ४ (फरकसमाचार)
मंगलबार दिउँस निउरो टिप्न गएकि ठाकुरबाबा नगरपालिका शिवपुरकि ६२ वर्षिय डल्ली रावतको बाघले झम्टेर ज्यान लियो । निउरो टिप्प लुकिछिपि निकुन्जको कोर एरिया बघौरा फाटा पुगेका चार जना मध्ये रावतलाई बाघले आक्रमण गरेको पुष्टि भएको छ ।

निकुन्ज स्रोतका अनुसार अनुमति नलिएर महिलाहरु निउरो टिप्न निकुन्ज प्रवेश गरेका थिए । यस घटना सहित यस आर्थीक वर्षमा बाघको आक्रमण गरेर मृत्यु हुनेको संख्या नौ पुगेको छ । चार वटा निकुन्ज छेउँछाउँ बाघले मारेको छ भने खाता जैविक मार्गमा ५ जनालाई आक्रमण गरेको पुष्टि भएको छ ।

तर बाघ नियन्त्रणका लागि खटिएको प्राबिधिक टोली बिच लुकामारी जारी छ । डिभिजन कार्यालयबाट बाघलाई क्यामरा कैद गर्न असफल भएपछि बाघ अन्यत्र बसाई सरेको दाबी गरेपछि पुनःबाघले मानिसलाई आक्रमण जारी राखेपछि बाघ नियन्त्रणको विषय सरोकार वाला निकायलाई टाउँको दुखाईको विषय बनेको छ ।

निकुन्जको टोलीले बाघ नियन्त्रणका क्यामरा राखेपनि मान्छे खाने बाघ नियन्त्रण भन्दा बाहिर छ । निकुन्ज विभाग मार्फत खटिएको दक्ष प्राबिधिक टोलीले गेरुवा गाउँपालिका गोला र खाता करिडोर क्षेत्रमा बाघको नियन्त्रणका लागि प्रयास गरेको छ । निकुन्ज बिभागबाट खटाईएका राष्ट्रिय प्राकृतिक संरक्षण कोषका डाक्टर नरेश सुबेदी र रविन कडेरियाले यति खेर बाघ नियन्त्रणका हर सम्भव प्रयास गरिरहेका छन् ।

पहिलो चरण क्यामरा ट्रयाप मार्फत बाघको पहिचान गरेर बाघ नियन्त्रण गर्न गोला र धनौरा क्षेत्रमा छ्याप छ्याप्ती क्यामरा जडान गरिएको छ । बर्दिया निकुन्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोषका संयूत्त प्रयासले मान्छे खाने बाघको पहिचान र खोजीमा ध्यान केन्द्रित गरेको छ । बाघ नियन्त्रणका प्रयास भईरहेको निकुन्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले बताए । उनका अनुसार यसअघि मध्यवर्ती क्षेत्रमा आक्रमण गर्ने बाघ नियन्त्रण लिएको छ ।

‘क्यामरा कैद गर्दा धेरै बाघ कैद भईरहेका छन्’उनले भने,‘कुन बाघले आक्रमण गरेको हो भन्ने खुल्न नसकेको कारण समस्या उत्पन्न भएको छ ।’ निकुन्जमा ५ देखि ७ वटा बाघ व्यबहार परिवर्तन गर्दा मानिस माथी आक्रमण भईरहेको स्रोत बताउँछ ।

‘संरक्षणको जिम्मा पाएकालाई पनि मान्छे माथी आक्रमण गर्ने बाघ पहिचान गर्न गाह्रो छ’ स्रोतले भन्यो,‘सबै बाघलाई नियन्त्रण लिदा पनि संरक्षण र व्यबस्थापन गर्न कठिनाई हुने देखिन्छ ।’सन २०१८ को गणनामा बर्दिया बाघको ८७ पुगेको छ । वयस्क बाघको गणना नहुने हुदा एक सयको हाराहारीमा बाघ रहेको हुन सक्ने अनुमान छ ।

बाघ टेरोटोरी कायम गर्दा घाईत भएका बाघ बस्ती तिर गएर आक्रमण गर्ने जोखिम हुने बिज्ञ बताउँछन् । बाल बच्चा सहित हिड्ने बाघ पनि आक्रमक हुने गर्दा बाघ आक्रमण जोखिम भएकाले सजगता अपनाउँन पर्ने बिज्ञ सुझाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय