उपसभामुख द्धारा पशुपति माविको दुई कोठे भवन सिलान्यास
बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित

बर्दिया, चैत ५ (फरकसमाचार) / लुम्बिनी प्रदेशकी उप–सभामुख कृष्णी थारुले गेरुवा गाउँपालिका–५ मा रहेको पशुपति माध्यमिक विद्यालयको दुई कोठे भवनको बुधबार सिलान्यास गरेकी छन् ।

भवन सिलान्यास कार्यक्रममा बोल्दै उपसभामुख थारुले आफुु पनि यहि ठाउँको भएकोले यस ठाउँको विकासको लागि पछि नपर्ने बताईन् । प्रदेश सरकारको पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य अगाडि बढेको र त्यसै अन्तरगत पशुपति मा.वि.लाई २० लाखको बजेट परेको छ । प्रदेश सरकारको सहयोगमा पशुपति मा.वि.मा दुई कोठे भवनको सिलान्यास गरिएको छ ।

पशुपति माध्यमिक विद्यालयलाई नमुना विद्यालय बनाउन उप–सभामुख थारुले पहल गर्ने बताई । अब धेरै बोलेर हुदैन अब काम गरेर देखाउने बताईन् । कार्यक्रममा उपस्थित विद्यार्थीलाई शिक्षा बिना जिवन अधुरो हुन्छ । शिक्षा प्राप्त गर्नमा बुवाआमालाई ठग्नु आफैलाई ठग्नु हो भनेर विद्यार्थीहरुलाई सुनाएकी थिईन् ।

अहिले राम्रोसंग शिक्षा प्राप्त गरेमा भोलिका दिनमा डाक्टर, पाइलट बन्न सफल भईन्छ भनेर सुझाएकी थिइन् । गेरुवा गाउँपालिकामा सडक निर्माण, खानेपानी र पुल निर्माण जस्ता १३ वटा योजना परेको सभामुख थारुले बताईन् । त्यसैगरी यस क्षेत्रमा बन्यजन्तुको आतंक बढ्दै गएको छ ।

बन्यजन्तुको आतंक न्युनिकरण गर्न आफुले पहल गरिरहेको समेत बताईन् । किसानले लगाएको बाली तथा मानविय क्षेति हुदै आएको छ । यस समस्यालाई छिट्टै न्युनिकरण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताईन् । भवन सिलान्यास कार्यक्रममा गेरुवा गाउँपालिकाकी उपाध्यक्ष हिम कुमारी थारु, वडा नम्बर ५ का अध्यक्ष धर्मप्रकाश थारु, विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र चौधरी,विद्यार्थी, अभिभावक र बुद्धिजीबीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय