एउटा नरभंक्षी पाटे बाघ नियन्त्रणमा आयो
बिहिबार, चैत ०५, २०७७ मा प्रकाशित

बर्दिया, चैत ५ (फरकसमाचार) गेरुवा गाउँपालिकामा एउटा नरभंक्षी पाटे बाघलाई निकुन्ज विभागबाट खटिएको प्राबिधिक टोलीले बुधबार नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषका डा.नरेश सुबेदी, डा.रविन कडरिया सहितको निकुन्जको प्राबिधिक सहितको टोलीले गेरुवा गाउँपालिकाको दंगपुरबाट पाटे बाघ नियन्त्रणमा लिएको हो ।

कोषका बर्दिया प्रमुख कडरियाले बुढो भएर समस्या ग्रस्त बनेको बाघलाई गेरुवा दंगपुरबाट नियन्त्रणमा लिएको पुष्टि गरे । उक्त क्षेत्रमा पाटे बाघको आक्रमणबाट ४ जनाको ज्यान गएको छ ।

उक्त क्षेत्रमा हिँडडुल गरेका आधारमा यस वर्ष निकुन्जले दुई वटा पाटे बाघ नियन्त्रणमा लिएको छ । खाता करिडोर क्षेत्रमा मान्छेलाई आक्रमण गर्ने बाघलाई भने प्राबिधिक टोलिले नियन्त्रणमा लिन सकेको छैन ।

खाता करिडोर क्षेत्रमा बाघको आक्रमण ६ महिना पाँच जनाको ज्यान गईसकेको छ । निकुन्जका कार्यक्षेत्र भित्र नपरेपनि उक्त क्षेत्रमा दक्ष प्राबिधिक टोलीले समस्या ग्रस्त बाघ निगरानी गरि नियन्त्रणमा लिने प्रयास गरिरहेको निकुन्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय