मान्छे खाने बाघलाई जेल र नेल दुबै
शुक्रबार, चैत ०६, २०७७ मा प्रकाशित

बाघ समातेको खबरले गेरुवा, भग्रैया र धनारौमा ल्यायो खुसी, बाघ समातेर फर्कियो चितवनबाट थप मद्दतको लागि आएको टोली, सुखद समाचारले गाउँलेको अनुहार ल्यायो चमक

बर्दिया, चैत ६ (फरकसमाचार) / ६ महिना देखि चकमन्न खाता करिडोरका सर्वसाधरणलाई बिहिबार दिउँस बाच्ने आशाको किरण पलायो । बाघ समातेको खबर पाएका गाउँलेले हुल बाधेर खुसी साटे ।

एकाएक बिहिबार दिउँस सुखद समाचार फैलिदा कतिपय गाउँलेका आँखाबाट हर्षका आशु छिचोलियो । धुवासरी फैलिएको खबर एक किसिमको जिल्लाभर उल्लास छायो । बाघबाट त्रस्त जिल्लावासीले सुखद समाचार सुन्नु छ महिना कुर्नु प¥र्यो ।

तै पनि बाघ छोप्ने प्राबिधिकलाई गाउँलेले धन्य ठाने । यसअघि वन डिभिजन कार्यालयले पाटे बाघ वासस्थान फर्केको बताएपछि बाघको आक्रमणबाट ज्यान जानेको संख्या पाँच पुगेको थियो । सरोकारवाला निकायको लापरबाहीले बाघ आक्रमण बढिरह्यो । त्यहि गाउँ र घर वरीपरी घुम्ने बाघलाई वासस्थान फर्केको दाबी गर्दै आएको वन डिभिजन कार्यालय प्रति रुष्ट गाउँले यतिखेर बाघ समात्न सफल भएपछि खुसी देखिए । अन्तत पाँच जनाको अकालमा ज्यान गएपछि निकुन्ज विभागले चितवनबाट खटाएको टोली बर्दिया निकुन्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषका र वन डिभिजनका प्राबिधिकको संयूक्त प्रयास पछि अन्तत समस्या ग्रस्त बाघ नियन्त्रण लिन टोली सफल भएको छ ।

समस्या ग्रस्त बाघ लगतार आक्रमण गर्न थालेपछि बाघ समात्न चितवनबाट आएको थप मद्दतको टोली बाघ समातेर चितवन फर्केको छ । राष्ट्रिय प्राकृतिक संरक्षणकोष डा.नरेश सुबेदी नेतृत्वमा चितवनबाट आएको टोली गेरुवा र खाता जैविक मार्गमा परिचालित भएको थियो । यतिबेला चितवनबाट आएको टोलीले गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाको धनौरा भग्रैया खुसी फर्काउँन सफल भएको छ ।

६ महिना अघि मान्छे माथी आक्रमण गरिरहेको समास्या ग्रस्त पाटेबाघ वन डिभिजन कार्यालय बासस्थान फर्केको बताएपनि लगातार पाटेबाघले आक्रमण जारी राखेपछि थप मद्दतका लागि चितवनबाट खटिएको टोली बाघ समात्न परिचालन भएको दुई दिनमा सफल नतिजा दिदै खाता जैविक मार्गबाट समस्याग्रस्त पाटे बाघलाई निकुन्ज प्रशासनले बिहिबार नियन्त्रणमा लिएको छ । खाता जैबिक मार्गमा बाघले मान्छे खान थालेपछि पाटे बाघको खोजी कार्य तिब्र्र पारिएको हो । खाता जैविक मार्गमा पर्ने भग्रैया र धनौरा गाउँका पाँच जनालाई आक्रमण गरेर मारेपछि बाघको आक्रमण त्रासले मधुवन नगरपालिका नै अशान्त बन्दै गएको थियो ।

प्राबिधिक टोली उक्त बाघलाई नियन्त्रणमा लिन एक साता देखि क्यामरामा अनुगमन गरिरहेका थिए । नियन्त्रणमा लिएको बाघलाई बाँके राष्ट्रिय निकुन्जको खोरमा राखिने भएको बर्दिया निकुन्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले बताए । यस्तै बुधवार गेरुवा गाउँपालिका सामुदायिक वनबाट निकुन्जको टोलीले समस्या ग्रस्त बाघलाई नियन्त्रणमा लिएको थियो ।

गेरुवा गाउँपालिका बाट लिएको बाघलाई नेपाली सेनाको रम्भापुर पोष्टको खोरमा राखिएको उनले जानकारी दिए । खाता जैविक मार्गबाट नियन्त्रणमा लिएको बाघलाई बाँके राष्ट्रिय निकुन्जको खोरमा राखिएको छ । ६ महिना बाघको आक्रमणबाट खाता जैविक मार्ग र गेरुवाको मध्यवर्ती क्षेत्रका नौ जना बाघको आक्रमणबाट मृत्यु भईसकेको छ ।

जैविक मार्ग पर्ने भग्रैया र धनौराका पाँच जना, मध्यवर्ती क्षेत्रका तीन र राजमार्गमा मोटरसाईकलमा सवार महिलालाई बाघले झम्टेर आक्रमण गर्दा नौ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर