गुल्मीमा ६५ वर्षमाथिका १८ हजार बढीले लगाए कोरोनाविरुद्ध खोप
शनिबार, चैत ०७, २०७७ मा प्रकाशित

गुल्मी, चैत्र ७ :  गुल्मीमा  ६५ वर्ष माथिका १८ हजार ४०३ ज्येष्ठ नागरिकहरुले कोरोना बिरुद्धको खोप लगाएका छन्।

१२ वटा स्थानीय तहका ९३ वडामा रहेका स्वास्थ्य चौकीबाट  १८ हजार ४०३  ज्येष्ठ नागरिकलाई खोप लगाइएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए।

जसअनुसार इश्मा गाउँपालिकामा एक हजार ४३९ जना, धुर्कोटमा एक हजार ५९३, चन्द्रकोटमा एक हजार ३९७,  मालिकामा एक हजार ३५०, सत्यवतीमा एक हजार ७२४, मदानेमा एक हजार २६०, कालिगडकीमा एक हजार २८५, गुल्मीदरबारमा एक हजार ५७०, छत्रकोटमा एक हजार ५७२ र रुरु गाउँपालिकामा एक हजार ३४२ जनाले खोप लगाएका छन्।

यसैगरी रेसुंगा नगरपालिकामा एक हजार ९४७ र मुसिकोट नगरपालिकामा एक हजार ९२४ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

यसअघि गुल्मीमा पहिलो चरणमा  स्वास्थ्यकर्मी,सरसफाइकर्मी गरी एक हजार ७४५ जना र दोस्रो चरणमा कर्मचारी तथा जनप्रतिनिधि गरी दुई हजार ४३० जना गरी जिल्लाका २२ हजार ५७८ जनालाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय जनाएको छ।थाहाखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर