नेटवर्किङ धन्धा जस्तै महिला समुहको संरचना निर्माण गरेर महिलालाई रिन उपलब्ध गराएको बित्तिय संस्थाको कारोबारलाई समयमा निगरानी नबढाए रिनबाट कुनै पनि गृहिणी र व्यबसायी महिला अछुतो रहने देखिदैन ।
महिला समुहमा रहेकालाई ल्याप्चे लगाएर दिएको रिनको अग्रिम किस्ता र सेवा शुल्क बित्तिय संस्था असुल्दा शुरुमा रिनको दलदलमा फस्ने गरेका महिला च्याउँ झै उम्रिएका अधिकांश संस्थाबाट रिन लिदा सेवा शुल्क, अग्रिम किस्ता र महिनावारी साहु सहितको व्याज बित्तिय संस्थामा बुझाउँनु पर्ने बाध्यतामा फसेका महिला भविष्य अन्धकार देखेर गलत बाटो रोजेमा स्थिति भयावह बन्ने वातावरण बनिरहेकाले महिला अधिकारकर्मी र सरोकारवालाले बित्तिय संस्थाबाट रिन खाएका महिलाको बारेमा गम्भिर देखिनु पर्ने बित्तिय संस्थाहरुको कारोबारले प्रष्टसँग झल्काएको छ ।
बर्दिया, चैत ८ (फरकसमाचार) / लघु वित्तिय संस्थाबाट कुखुरा पालनका लिएको रिनले खोर बनाउँन पुगेन । खोर बनाउँन थप रिन दिन नमान्दा अर्को सहकारी खोज्न प¥र्यो । अर्को सहकारीले सेवा शुल्क र एक महिनाको अग्रिम किस्ता दिएर रिन लिदा बाँकी बचे कुचेको पनि सिद्दीयो । तर कुुखुरा किन्न पैसा नहुुदा व्यबयास नै अघि बढ्ेन ।
त्यतिन्जेलसम्म नाम परिवर्तन रिता शर्माको जुन उदेश्यको लागि रिन लिएको हो उक्त व्यबसाय अघि नबढ्दा साहु र व्याज हुर हुरति बढेर मानसिक यातना च्याप्दै गयो । अर्को वित्तिय संस्थामा आबद्ध उनले फेरि रिन पाईन । अर्को महिला समुहमा रहेकि शर्माले समुहमा रहेको अन्य महिलालाई तमसुकम ल्याप्चे लगाउँदा रिन पाईन । तर शर्माले रिन तिर्न नसक्दा झन समस्या बल्झदै गयो । दर्जन भन्दा बढि संस्थाबाट रिन लिएर तिर्न नसकेपछि उनी जस्तै विपन्न महिला समुह बस्ने महिला अहिले मर्नु र बाच्ने दोसाधमा छन् । यूनिक नेपाल, निर्धन उत्थान बैक, महिला अधिकार, आशा, नाडेप, ग्रामिण छिमेकि, मेरो माईक्रो फाईनान्स, नेशनल माईक्रो फाईनान्स, स्वालम्बन, बिजय लघु वित्त, स्वदेशी, सजिलो, कालिका, जन उत्थान, सुर्योदय, देउराली ओमि, उपकार, एन आईसी एसिया, डिप्रोक्स गुलरियामा रहेका यि संस्थामा सयौं महिलाले रिन लिएर तिर्न नसकेर सम्र्पक बिहिन बनेका छन् भने कतिले पुस्तौनि सम्पति बेचेर रिन तिर्न बाध्य छन् । यसरी लगानी गरेका बित्तिय संस्थामा आबद्ध एउटा महिलाले माथी उल्लेखित १५ भन्दा बढी संस्थामा रिन लिएर तिर्न नसकेर पलायन भएको भेटिएको हो ।
महिला समुहमा आबद्ध अधिकांश महिलाले तमसुक ल्याप्चे लगायत बापत संस्थाका कर्मचारी दिन दिनै गर्ने ताकेताले घरबाट बित्तिय संस्थामा रकम भर्न परेको छ । जसको कारण महिला हिंसा बढेको पाईएको छ । कर्मचारी ताकेताले घर देखि समुहमा रहेका पैसा तिर्दा अधिकांश उनी जस्ता महिला घर न घाट भएका छन् । आय आर्जन गर्नका लागि सहकारीबाट लिएको रिन तिर्न बचे कुचेको सम्पत्ति बेच्न ग्राहकको खोजी रहेका छन् । महिलाका समुहमा बसेर रिन चलाएको एक प्रतिनिधि महिलाको कथा हो यो । उनी जस्तै थोरै थोरै रिन फरक फरक वित्तसंस्थाबाट मंहगो व्याज तिर्न पर्दा महिला लुटिदै गएको तथ्य सार्वजनिक भएको छ । जिल्लाको सदरमुकाम गुलरियामा च्याउँ झै संचालनमा आएका यस्ता बित्तिय संस्था सहकारीले महिला लुट्नेले साधन बनाएका छन् ।
मर्ज गरेर बित्तिय संस्था चलाएमा धरै संस्थामा रिनको भारी बोक्न नपर्ने नयाँ शिराकि संस्थाकि संस्थापक सदस्य ज्ञानुमाया रिजालले बताईन् ।‘बित्तिय संस्थाबाट एउटा महिलाले रिन खाएमा घुमाई फिराई सबै महिला त्यसको भागीदार बन्नु परेको छ,’ उनले भने,‘महिला समुह बनाएर रिन लगानी गर्ने संस्थाले रिन तिर्नका लागि अवधि धेरै दिने र कुन व्यबसायका लागि रिन दिने मूल्याकंन गरेर ठूलो रकम दिन पर्छ ।’थोरै लगानी गर्ने अधिकांश संस्था सेवा शुल्क र अग्रिम किस्ता महिलाले बित्तिय संस्थालाई तिर्न पर्दा महिला रिनमा चुर्लम्म डुब्ने गरेको रिजालको भनाई छ ।
यस्तै छ्याप्ती छ्याप्ती खोलिका सहकारीबाट बिपन्न परिवार लुटिने क्रम बढेको छ । ‘जताततै खोलिएका वित्तिय संस्था महिलालाई स्वोरोजगार गर्ने बहानामा महिला बेघर हुने अवस्थामा पुगेका छन्’अर्की पिडिति महिलाले भनिन्‘एक लाख देखि तीन लाख सम्म दिने संस्थाको चक्करमा अधिकांश महिला फस्ने गरेका छन्,दलदलमा फसेका महिला अधिकांश बित्तिय संस्थाबाट रिन लिएका छन्, एक मुष्ट रिन नदिदा जुन उदेश्यका लागि रिन दिएको त्यो पुरा हुन सकेको छैन ।
’महिलालाई रिन दिँदा एक मुष्ट सेवा शुल्क र व्याज सहित अग्रिम किस्ता लिएर रिन दिदा पहिलो महिनामै व्याजको दलदलमा फस्ने गरेको पाईएको हो । महिलालाई सहज तरिकाले रिन उपलब्ध गराउँन च्याउँ झै उम्रिएका सहकारी नै अधिकांश महिला प्रताडित भईरहेका यस्ता बित्तिय संस्थाहरुको रिन प्रबाह रोक्न पर्ने पिडित महिलाको माग छ । सजिलै बित्तिय संस्था मार्फत थोरै रिन दिएर महिला प्रलोभन पारिरहेकाले भविष्यमा यस्ता बित्तिय संस्था सोझा महिलालाई ठूलो संकटमा धकेल्ने निश्चित छ ।